रहेनन् लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ

सम्पादक
श्रावण २७, २०७१

१. नेपाली फिल्मी जगतका सदावहार नायक श्रीकृष्ण श्रेष्ठको आइतबार बिहान भारतको दिल्लीको एक अस्पतालमा उपचार गर्दा-गर्दै निधन भएको छ। मधुमास मनाउन भारतको सिमला गएका उनी एक हप्ता पहिले मात्र अस्पताल भर्ना भएका थिए। उनी ४७ वर्षका थिए।

२. नायक श्रेष्ठको एक महिनामात्र पहिले आषाढ २३ गते नायिका श्वेता सिंहसँग विवाह भएको थियो। नायक-नायिका दुवै जना कोहिनुर फिल्ममा सँगै खेलेका थिए। फिल्म सकेर उनीहरूले विवाह गरे र विवाहको एक महिनापछि कोहिनुर रिलिज गर्ने कार्यक्रम बनाएर उनीहरू भारत गएका थिए।

३. सिमलामा उनलाई खोकीले चापेपछि दिल्लीको गंगाराम अस्पतालमा भर्ना भए। सुरुमा उनलाई निमोनिया भएको अनुमान गरियो भने पछि बोन क्यान्सर भनियो। क्यान्सर भएकाले किमोथेरापी गरियो। पहिलो पटक त त्यो राम्रै भयो, तर दोस्रो उनले लिन नसकेपछि उनको असामयिक निधन भयो।

४. नायक श्रीकृष्ण श्रेष्ठ बालककालदेखि नाँच्न सिपालु थिए। राम्ररी नाच्ने भएकाले उनलाई फिल्मी क्षेत्रमा प्रवेश पाउन सजिलो भयो। २०४६ सालमा चेतन कार्कीको निर्देशनमा बनेको चलचित्र भूमरीबाट चलचित्रमा पाइला टेकेका उनले एक सय जति चलचित्रमा अभिनय गरेका छन्।

५. २५ वर्षभन्दा बढी फिल्मी जगतमा नायक भएर रहिरहनु एउटा विशेष खुबी र पराक्रमको कुरा हो। त्यो खूबी र पराक्रम नायक श्रीकृष्ण श्रेष्ठले राम्ररी देखाए। कोहिनुर उनको अन्तिम फिल्म बनेको छ। जुन अहिले नेपालका विभिन्न सिनेमा हलमा राम्ररी चलिरहेको छ।

६. उनको शब विमानद्वारा काठमाडौं ल्याएर हिजो नै अन्तिम संस्कार गरियो। चलचित्र क्षेत्रमा उनको योगदानको कदर गरेर सरकारको तर्फबाट उचित सम्मान गरिएको छ। उनको निधनमा सरकारका मन्त्रीहरू र प्रधानमन्त्री सुशील कोइरालाले शोक सन्देश पठाएका छन्।

७. नायक श्रेष्ठ फिल्ममा यथार्थ रुपमा अभिनय गर्दथे। खास गरी पारिवारिक फिल्ममा उनको अभिनय अझ उत्कृष्ट मानिन्थ्यो। उनी दर्शकलाई तुरुन्त हसाउन पनि सक्थे भने रुवाउन पनि सक्थे । त्यसैले दर्शकले उनको फिल्म मन पराउँथे। व्यक्तिगत रुपमा पनि उनी मिजासिलो थिए र सबैसँग मिल्दथे। उनको निधनबाट फिल्म जगतमा ठूलो क्षति भएको छ। हामी उनको निधनबाट नायिका श्वेता खड्कालगायत उनको परिवारजनलाई पर्न गएको बज्रपातप्रति समवेदना व्यक्त गर्दछौं र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post