मेची-महाकाली अभियान

सम्पादक
फागुन ३०, २०७३

१. एमालेले आफ्नो मेची-महाकाली अभियान फेरि शुरु गरेको छ। सप्तरी घटनापछि एमालेले केही दिनका लागि उक्त अभियान स्थगित गरेको थियो। हेटौंडाबाट त्यो अभियान फेरि शुरु गरी पश्चिमतिर अघि बढेको छ। स्थगित अभियान शुरु गर्दा पहिलेभन्दा धेरै उत्साह देखिएको छ र सहभागीहरु पनि बढेका छन्।

२. अभियान निकट भविष्यमा हुन गइरहेको चुनावलाई मध्यनजर गरेर आयोजना गरेकाले पार्टीले यसलाई सकेसम्म भव्य र विशाल बनाउने प्रयास गरेको छ। त्यसको लागि त्यस पार्टीला नेता र कार्यकर्ताहरुले अथक प्रयास गरिरहेका छन् र सर्वसाधारण पनि नेताहरुलाई सुन्न आउने गरेका छन्।

३. सप्तरी घटनामा प्रहरी मधेसवादी कार्यकर्ताबीच भएको भिडन्त र प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि त्यसले अप्ठ्यारो स्थितिको सिर्जना गरेको थियो । तर, त्यस घटनाले मधेसवादी नेताहरु र सरकारबीच फाटो बढाएको छ। मधेसवादी नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अल्टिमेटम दिएको छन्।

४. सप्तरी घटना एमालेको अभियानले गर्दा सिर्जना भएको थियो तापनि त्यसले एमालेलाई कत्ति पनि नोक्सान पुर्‍याएन। बरु राजनीतिकरुपमा फाइदा नै भएको छ। एमालेले सरकार र मधेसवादी दलहरुलाई सप्तरी घटनाको दोष दिन पाएको छ र आफ्ना पार्टीलाई एकतावद्ध र्ने अवसर प्राप्त गरेको छ।

५. राष्ट्रियताको नारा दिएर आयोजना गरिएको मेची-महाकाली अभियानलाई पश्चिमको आनन्दबजारमा घटेको घटनाले फेरि राष्ट्रियताको नारा चर्को पार्न सघाउ पुर्‍याएको छ। आनन्दबजारमा भारतको सीमा सुरक्षा बल -एसएसबी) को गोलीले युवक गोविन्द गौतमको मृत्यु भएको थियो। भारतको त्यो हेपाहा प्रवृत्तिले गर्दा नेपालमा भारतविरोधी भावना अरु प्रबल भएको छ।

६. सत्तारुढ ठूला दलहरु काँग्रेस र माओवादी दुवै सत्ता कसरी बलियो बनाउने र संविधान संशोधन प्रस्ताव कसरी पास गराउने भन्नेमा लागिरहेको बेला एमाले चुनावी अभियानमा होमिएको छ। एमालेको एक्लो घोडा दौडिरहेको छ। यसले पनि एमालेलाई धेरै फाइदा पुगेको देखिएको छ।

७. एमालेको राष्ट्रवादको नारा हिजोभन्दा आज अरु बढेको छ। त्यसलाई भारतको आलोचना गर्ने अवसर पनि प्राप्त भएको छ। भारतले माफी नमागेसम्म भारतविरोधी नारा चर्कदै जाने अनुमान गरिएको छ। तर यस्तो स्थिति सधैँ एकनास रहँदैन । मेची-महाकाली अभियानमा अब कुनै विध्न बाधा आउने देखिँदैन। यो अभियानलाई शान्तिपूर्वक पूरा हुन दिनुपर्दछ। त्यसले आफ्नो लोकतान्त्रिक हक अधिकारको प्रयोग गरेर जुन अभियान चलाएको छ, त्यसलाई कसैले हस्तक्षेप गर्नु उचित होइन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै