१. देशमा राजतन्त्र अन्त भएर गणतन्त्रको सुरु भएपछि समानुपातिक र समावेशीताको कुरा खूब चल्यो। सबै जातजाति, वर्ग र समुदायको महत्वकांक्षा बढ्यो। नेताहरूले पनि सबैलाई उचाले। जनसंख्याको हिसाबले आरक्षण गर्ने कुरा पनि चल्यो। तर त्यो कुरा जति भयो, उति सेलाउँदै गएको छ, हराउँदै गएको छ। यत्तिसम्म कि महिलाका लागि ३३ प्रतिशतको जुन कुरा उठेको थियो। त्यो पनि हराउँदै गएको छ।
२. प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारमा कति प्रतिशत महिलाको सहभागिता छ भनेर हेरियो भने लाजमदो अवस्थामा पुगिन्छ। गणतन्त्र आएपछि एक-दुर्इ पटक महिलालाई स्थान दिइएको थियो। तर, पछि त्यस्तो संरचनामा महिला सहभागितामा भनौं महिलाको प्रतिनिधित्व गर्ने भन्ने कुरा हराउँदै गयो।
३. संसदमा हेरियो भने संसदमा महिलाको संख्या घट्दै गएको छ। अन्य नियुक्ति आदिमा पनि त्यो कुरालाई बेवास्ता गरेका छन्। न्यायाधीशहरूको नियुक्ति आदिमा पनि त्यो कुरालाई ख्याल गरिएन। कानुनमा लेखिएकै कुरामा बाहेक अरुमा समावेशीतालाई असान्दर्भिक मान्न थालिएको छ।
४. एक पटक उचाल्ने अनि पछार्ने हाम्रा नेताहरूको स्वभाव नै भएको छ। कुनै बेला मजदूरलाई उचाले, कुनै बेला जातजातिलाई उचाले। आपसमा लडाए, एकापसमा दुश्मनी र घृणाको भावना फैलाए। देशमा विद्यमान सद्भाव र सौहाद्रताको भावना नष्ट गरे। आज नेताहरू ती सबै विषयमा एक किसिमले मौन बसेका छन्।
५. नेताहरूमात्र मौन बसेका होइनन्, ती सम्बद्ध पक्ष पनि निष्त्रिmय छन्। अरु त अरु हिजो ३३ प्रतिशत चाहिन्छ भन्ने महिलाको सशक्त स्वर पनि आज सुनिन छाडेको छ। मन्त्रिमण्डलमा महिलाको संख्या बढाऊ भन्ने सशक्त माग कुनै पनि महिला संगठन एवम् नारीवादी संस्थाले गरेका छैनन्।
६. नेताहरूकै पार्टीका संगठनभित्र हेर्दा पनि कुनै पनि पार्टीका महिलाको प्रतिनिधित्व उत्साहप्रद देखिँदैन। सडक आन्दोलनमा महिलाहरू देखिन्छन्। तर पार्टीभित्रको संगठन र केन्द्रीय कार्यसमितिमा उनीहरूको उपस्थिति घट्दै गएको देखिन्छ। संगठनभित्र कहाँ, कसलाई र कति संख्यामा पुर्याउने, त्यो नेताहरूले गर्ने र गर्न सक्ने कुरा हो।
७. हिजो विभिन्न राजनीतिक पार्टीका लागेका महिलाले एक साझा माञ्च बनाएर महिला हकहितका लागि एक स्वरले बोल्ने र आफ्ना नेताहरूलाई दबाब दिने गर्दथे। त्यो ककस/मञ्त्र आज छैन। त्यसैले पनि नेताहरूको ध्यान ३३ प्रतिशतमा नपुगेको अनुमान गर्न सकिन्छ। ककस भए पनि, नभए पनि आधा आकाश ढाकेर रहेका महिलाको महत्व घटाउनु भने हुँदैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१