भोला गुरुको सम्झना

सम्पादक
चैत्र १४, २०७०

१. पोखराका एक अति आदरणीय गुरुका रूपमा स्थापित पं. भोलानाथ पराजुलीलाई आज पोखरेरलीहरूले अति श्रद्धाका साथ स्मरण गरेका छन्। उनीप्रति श्रद्धाञ्जली अपण गरेर आफ्नो कर्तव्यको निर्वाह गरेका छन्। यो कर्तव्यको निर्वाह गर्न पाएकोमा पोखरेलीहरूले सन्तोषको स्वास फेरेका छन्। उनी भोला गुरुको नामबाट प्रख्यात थिए।

२. आज उनको पुण्य स्मृति दिवस हो। आजकै दिन भोला पराजुली स्मृति ग्रन्थ प्रकाशन समितिले स्मृति ग्रन्थ सार्वजनिक गर्ने कार्यक्रम छ। दुर्इ दशक पहिले हराएर बेपत्ता भएका भोला गुरुको जन्म १९७७ साल चैत १४ गते भएको हो। पण्डित परिवारमा जन्मेका हुनाले बाल्यावस्थादेखि पठनपाठनमा उनको रुची थियो।

३. प्रारम्भिक शिक्षादीक्षा पोखरामा गरेपछि उनी काठमाडौं पुगे। काठमाडौंको संस्कृत छात्रवासमा बसेर उनले नेपाली र संस्कृतको अध्ययन गरे। त्यसपछि उनी भारतको वनारसमा पुगेर त्यहाँको क्विन्स कलेजमा पढी प्रथम श्रेणीमा शास्त्री परीक्षा पास गरे। अनि त्रिभुवन विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य पास गरे।

४. पढाइ पूरा गरेपछि उनले आफ्नो पेशाका रूपमा शिक्षण पेशा अपनाए। विभिन्न विद्यालयहरूमा उनले पढाए। उनले राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय पढाए भने पृथ्वीनारायण क्याम्पसबाट २०४३ सालमा उपप्राध्यापक पदबाट निवृत्त भएका थिए। त्यसैले उनी सबैका गुरु भए र गुरुकै नामबाट स्थापित भए।

५. उनी शिक्षण पेशामा लागे पनि सामाजिक र साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका थिए। उनले पोखरामा साहित्यिक गतिविधि बढाउने उद्देश्यले गण्डकी साहित्य संस्थान स्थापना गरेका थिए भने प्रज्ञा प्रतिष्ठानको साहित्यकार सर्म्पर्क समितिको अध्यक्ष भएर पनि उनले काम गरेका थिए। उनको देखेर पो के गरुँ – नामक कविता सङ्ग्रह पनि प्रकाशित भएको छ।

६. पोखरामा शैक्षिक संस्थाहरू स्थापना गर्नमा पनि उनको ठूलो योगदान रहेको छ। पृथ्वीनारायण क्याम्पसको पनि उनी संस्थापक हुन्। त्यस्तै अन्य विद्यालय स्थापना र सञ्चालनमा पनि उनको योगदान रहेको स्मरणीय छ। उनी क्रान्तिकारी विचारका थिए र आफ्ना असन्तुष्टि कवितामार्फत व्यङ्ग्य गरी अभिव्यक्त गर्दथे।

७. राजनीतिमा उनी प्रजातान्त्रिक विचारधाराका थिए र देशमा प्रजातन्त्र हुनुपर्दछ भनी युवाहरूलाई प्रोत्साहित गर्दथे। उनी मिजासिला थिए र कसैलाई दुःख दिन चाहँदैनथे। भलाद्मी स्वभावका उनी आँखामा राखे पनि नबिझाउने थिए। सायद उनको मृत्यु पनि कसैको दुःखको कारण नहोस् भनी उनी बेपत्ता भएका हुन् कि ∕ उनको बारे धेरै अड्कल र अनुमान गरिएका छन्। हामी उनीप्रति फेरि एकपटक श्रद्धाञ्जली अर्पण गर्दछौँ र उनको आत्माको चिर शान्तिका लागि भगवानसँग प्रार्थना गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width