भित्रियो विकृति

सम्पादक
माघ १०, २०७३

१. नेपालको राजनीतिमा विकृति र विसंगति व्याप्त छ। नेताहरूमा निहीत स्वार्थी भावनाले यो विकृति र विसंगति अरु बढ्दै छ। त्यसमा पनि सरकारमा गएका नेताहरूले सरकार टिकाउन हुँदा-नहुँदा काम गर्दछन्। जसका कारण राजनीतिमा नयाँ-नयाँ पद्धति प्रवेश हुँदै गएका छन्। सरकारले संविधानको संशोधन प्रस्ताव पारित गर्न, गराउन दुषित कार्य गर्न थालेका छन्।

२. सरकारसँग संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुर्इ तिहाई बहुमत छैन। प्रमुख प्रतिपक्षी एमाले संशोधनलाई राष्ट्रघाती प्रस्ताव भनेर चर्को विरोधमा लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेलाई विश्वासमा लिनुभन्दा अन्य पार्टीलाई लोभ, मोह देखाएर आफूतिर तान्न प्रयास गरिरहेका छन्। त्यही क्रममा उनले दुर्इ जना सांसद्लाई मन्त्री बनाएका छन्।

३. उनले विजय गच्छदार र कमल थापालाई पनि सरकारमा सामेल हुन आमन्त्रण गरेका छन्। मर्यादा क्रम मिलेमा उनीहरू सरकारमा सामेल हुने छन्। उनीहरू सामेल भएमा मौजुदा ४३ जनाको मन्त्री मण्डल अरु बढ्ने छ र जम्बो आकारको हुनेछ। त्यसका लागि सरकारमा बसेका नेताहरू रातोदिन लागि परेका छन्।

४. आफ्नो स्वार्थका अगाडि नेताहरू विशेषतः प्रधानमन्त्री, यति निरिह हुन्छन् कि उनले संविधानमा के लेखेको छ, जनताले के भन्छन् र आफैले पनि पहिले के भनेका थिए, भन्नेसमेत ख्याल गर्दैनन्। हिजो केपी ओलीले छ/छ जना उपप्रधानमन्त्री बनाए भने अहिले प्रधानमन्त्री दाहाल पनि त्यही दिशातिर अग्रसर छन्।

५. देशमा ठूल्ठूला परिमाणमा सुन तस्करी भइरहेका छन्। डलर पनि तस्करी भएका छ्न। लागुऔषधको कारोबार पनि बढ्दै छ। यस्ता सबै विकृति बढ्नु पनि राजनीतिकै कारण हो। अपराध अनुसन्धान गर्नेहरूले यसको कारण पनि माथि देखाउने गर्दछन्। उनीहरूका अनुसार सेटिङ नमिलाइकन यति ठूलो परिमाणमा तस्करी हुन सक्दैन।

६. राजनीतिमा आदर्श र सिद्धान्त गौण भएको छ, स्वार्थ र सत्ता ठूलो भएको छ। नेताहरू सत्ता र स्वार्थका लागि जे पनि गर्ने भएका छन्। प्रधानमन्त्री दाहाल काँग्रेससँग मिल्नु पर्दा शान्ति सम्झौतामा हस्ताक्षर कर्ता पार्टीभनी नजिकिन्छन्, एमालेसँग मिल्नुपर्दा सिद्धान्त मिल्ने पार्टीभन्छन् भने मधेसवादीसँग मिल्नु पर्दा संघीयतावादी भन्न पुग्छन्। त्यसो भन्ने भएपछि जोसँग मिले पनि भयो, जोसँग छुटि्टए पनि भयो।

७. सुरा र सुन्दरीबाट सुरु भएको विकृतिले विभिन्न रुप धारण गर्दै छ। कुनै वेला विदेश शयर गराउने पनि गरियो। होटलमा बन्द गर्ने पनि गरियो। मुसा प्रवृत्ति पनि भन्ने गरियो। तर कसैले यी विकृति र विसंगति हटाउने प्रयास गरेनन्। त्यसैले यी विकृति-विसंगति अरु झ्याङ्झि्गै आएका छन्, अरु फैलिँदै गएका छ। प्रधानमन्त्री दाहालले मन्त्रीमण्डलमा दुर्इ जना मन्त्री थपेर त्यसको आफ्नै किसिमले सुरुवात गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width