भारतमा भाजपाको ऐतिहासिक जीत

सम्पादक
जेठ ४, २०७१

१. भारतीय लोकसभाको हालै सम्पन्न भएको चुनावको नतिजा प्रकाशित भएको छ। प्रकाशित नतिजा अनुसार प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीे स्पष्ट बहुमत हासिल गरेको छ। भाजपा एक्लैले २८३ सिट जितेको छ भने त्यसको नेतृत्वमा गठित नेशनल डेमोक्रेटिक एलायन्स -एन. डि.ए)ले अरु ५४ सिट ल्याएको छ।

२. भारतीय जनता पार्टीको यो जीतलाई ऐतिहासिक मानिएको छ। यसअघि त्यस पार्टीे कहिले पनि यत्ति धेरै सिटमा कब्जा जमाउन सकेको थिएन। त्यस्तै यो चुनावले सत्तारुढ काङग्रेसलाई लज्जाजनक हार उपहार दिएको छ। त्यसले जम्मा ४३ सिटमा चित्त बुझाउनुपरेको छ भने त्यसको नेतृत्वमा गठित युपिएले १५ सिट ल्याएको छ।

३. चुनावमा दक्षिण भारतको एडीएमकेले दुर्इ, तृणमूल काङग्रेसले ३४, जनता दल (बिजु)ले २०, तेलङ्गाना राष्ट्र समितिले १२ र अन्य दलहरूले ४६ सिटमा जीत हासिल पारेका छन्। यो पटकको चुनावमा कम्युनिष्ट पार्टीकाई अस्तित्व धान्न पनि धौ-धौ परेको छ। आम आदमी पार्टीपनि जसरी मुलुक्क भएर निस्केको थियो, त्यसैगरी गएको छ।

४. भारतीय जनता पार्टीका नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चिनिएका नरेन्द्र मोदीले आफ्नो प्रतिद्वन्द्वीलाई पाँच लाख सत्तरी हजार भोटको अन्तरले हराएका छन्। उनका प्रतिद्वन्दीका रूपमा काङग्रेसका मधुसुदन मिस्त्री उम्मेदवार भएका थिए। त्यस्तै काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले पनि भाजपाको अजम अग्रवाललाई तीन लाख ५२ हजार मतले हराएकी छन्।

५. भारतीय जनता पार्टीको यस्तो लहर चलेको बेलामा त्यस पार्टीका भरोसा लाग्दा नेता अरुण जेट्ली चुनाव हारेका छन्। उता सत्तारुढ पार्टीका सलमान खुर्र्सिद, कपिल सिब्बल पनि नराम्ररी पछारिएका छन्। उता कस्मिरका नेता फारुख अब्दुल्ला हारेका छन् भने अरविन्द केजरीवाल पनि पराजित भएका छन्।

६. भारतीय सत्ता राजनीतिको २० वर्षको इतिहास हेरियो भने दश वर्ष भारतीय जनता पार्टीर अर्को दश वर्ष काङग्रेस सत्तामा रहेको देखिन्छ। भाजपाका अटल विहारी वाजपेयीले दश वर्ष सत्ता सम्हालेका थिए भने काङग्रेसका डा. मनमोहन सिंहले दश वर्ष सत्ता सम्हालेका थिए। यसपटक प्रधानमन्त्री सिंहले अवकास लिने घोषणा पहिले गरेका थिए।

७. यो चुनावपछि काङग्रेस उपाध्यक्ष राहुल गान्धीको भविष्य के हुन्छ भनी एकातिर चर्चा चलेको छ भने अर्कोतिर भारतीय जनता पार्टीका शीर्ष नेता लालकृष्ण आडवाणीले के-कस्तो सम्मानित पद पाउलान् भन्ने पनि अडकलबाजी भइरहेका छन्। भारतमा त्यस्तो चर्चा छ भने नेपालमा भाजपाको नेतृत्वमा सरकार गठन भएपछि त्यसको प्रभाव नेपालमा के पर्ला भनेर पनि मानिसहरू चर्चा गर्न थालेका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width