भारतका प्रम मोदीको शपथ ग्रहण

सम्पादक
जेठ १२, २०७१

१. आज विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देश भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणको दिन। एउटा राष्ट्रको एकजना प्रधानमन्त्रीको शपथग्रहण हुनु सामान्य तथा त्यत्ति ठूलो कुरा होइन। तर भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोह जे जसरी आयोजना गरिँदैछ, त्यो उल्लेखनीय छ।

२. त्यो शपथ ग्रहण समारोहमा भारतले सार्क राष्ट्रका सरकार प्रमुखहरूलाई पनि निम्तो दिएर जे जसरी समारोहलाई मान्यता प्रदान गर्दैछ, त्यसले एउटा इतिहास कोरेको छ। भारतले सहयोगको हात बढाए अनुसार सार्क राष्ट्रका सरकारहरूले पनि आफ्ना सरकार प्रमुखहरूलाई समारोहमा पठाएर सहयोगीको भूमिका निभाएका छन्।

३. भारत सार्क क्षेत्रको सबभन्दा ठूलो देश हो। त्यसको प्रभाव सार्कमा महत्त्वपूर्ण छ। भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहको यो भेलाले सार्क राष्ट्रहरूबीच समझदारी बढ्ने, भारत र अन्य दुर्इ देशबीच रहेको मनमुटाव हट्ने र जम्मामा सार्क क्षेत्रमा स्थायी शान्ति आउने अपेक्षा गरिएको छ।

४. छोटो समयको निमन्त्रणामा पनि सार्क राष्ट्रका सरकार प्रमुखहरूले भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहलाई जे जसरी महत्त्व दिएर सद्भाव व्यक्त गरेका छन्, त्यो ठूलो कुरा हो। यो सद्भाव र सद्व्यवहारको वातावरण अब कसैले पनि बिथोल्नुहुँदैन। यसलाई पछिसम्म निरन्तरता दिनुपर्दछ।

५. नेपालबाट प्रधानमन्त्री सुशील कोइरालाले सहभागिता जनाउने भएका छन्। नेपालमा संविधान लेख्ने महत्त्वपूर्ण काम छोडेर विदेश जानु ठूलो कुरा हो। नेपालले त्यो शपथग्रहण समारोह र भारतको निमन्त्रणालाई के कति महत्त्वको सम्झेको छ भन्ने यो एक राम्रो प्रमाण हो।

६. भारतको नयाँ सरकारलाई सबैले महत्त्व दिएका छन् र सबैले सद्भाव र शुभकामना व्यक्त गरेका छन्। मोदी शासनको बेला दुर्इ देशको सम्बन्ध सुमधुर र शुद्ध हुने सबैले अनुमान गरेका छन्। नेपालले पनि नयाँ सरकारबाट धेरै आशा अपेक्षा गरेको छ। सबभन्दा ठूलो कुरा अब हस्तक्षेप बन्द हुने अपेक्षा गरिएको छ।

७. भारतको नयाँ सरकारले विश्वमा प्रजातन्त्र शुद्ध गर्ने कार्यमा, भारतसँग रहेको दुर्इ देशको समस्या समाधान गर्नमा र विकास र निर्माण कार्यमा सहयोगको हात बढाएर उल्लेखनीय कार्य गर्ने छ। नेपालजस्तो देशको लागि त्यसको भूमिका अरु सकारात्मक र सहयोगी किसिमको हुनेछ भनेर अपेक्षा गरिएको छ। त्यसो भएमा मोदी सरकार छिमेकी देशको लागि पनि ऐतिहासिक हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width