ब्याजदर घटाऊ

सम्पादक
फागुन ३, २०७३

१. बैंकहरूले अनावश्यक रुपमा ब्याजदर बढाएकोमा चौतर्फी विरोध भइरहेको छ। जिल्लाका उद्योग वाणिज्य संघहरूले सुरुमै ब्याज वृद्धिको विरोध गरिसकेका छन्। उद्योगी, व्यापारीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले समेत त्यसको विरोध गरेको छ। महासंघका अध्यक्ष पशुपति मुरारकाले पर्वतको एक कार्यक्रममा बोल्दै ब्याजवृद्धि घटाउन आग्रह गरेका छन्।

२. महासंघका अध्यक्ष मुरारकाले त्यो ब्याजवृद्धि उद्योग, व्यापारी, व्यवसायीको हितविपरीत भएकाले त्यसलाई घटाउनुपर्नेमा जोड दिएका छन्। उनले बैंकहरूलाई बैंकको कारोबार नुन, तेलको कारोबार जस्तो होइन भन्दै एकाएक बढाएकोमा आपत्ति जनाए। उनले यस्तै स्थिति रहिरहेमा व्यवसायी र बैंकको सम्बन्ध ब्रि्रने पनि बताए।

३. बैंकहरूले आफूसँग ऋण दिन योग्य रकम अभाव देखाएर बैंकको ब्याज वृद्धि गरेका थिए। तिनीहरूले ब्याजवृद्धि गर्दादेखि जताततै त्यसको विरोध सुरु भएको छ। यस पटक जसरी विरोधको स्वर कहिले पनि आएको थिएन। तैपनि बैंकहरू कुनै प्रतिक्रिया नजनाएर आफ्नै किसिमले ब्याज वृद्धि गर्दै छन्।

४. कतिपय ऋणी बाध्य भएका छन्। उनीहरूलाई छिटो ऋण नलिई पनि भएको छैन। कुने समय पनि छैन। कुन चाहनेहरूले कति कुर्नुपर्ने हो, त्यो पनि अड्कल गर्न सकेका छैनन्। उनीहरूमध्ये केहीलाई आफ्नो छाता संगठनले विरोध जनाएपछि ऋण लिन जानु पनि भएको छैन। कतिपय संघले चको ब्याजदर नतिरसमेत भनेका छन्।

५. यस्तोमा धेरैले राष्ट्र बैंकको मुख हेरिरहेका छन्। उनीहरूले राष्ट्र बैंकले कस्तो कदम चाल्ला भनेर प्रतीक्षा गरिरहेका छन्। राष्ट्र बैंकले त्यसमा असन्तोष त जाहेर गरेको छ तर कडा कदम चालेको छैन। २/४ दिन गर्दै लामो समय बितेको छ। उद्योगी, व्यापारीहरू के गर्ने र कसो गर्ने भन्दै धर्मसंकटमा परेका छन्।

६. बैंकहरूसँग एकाएक रकम कसरी सक्यो भन्ने प्रश्न गर्नेसमेत छन्। तरलताको अभाव कहिलेकाहीँ हुने गर्दछ। कारोबार गर्दा त्यस्तो स्थिति उत्पन्न हुन्छ। तर अकस्मात यस्तो स्थिति उत्पन्न हुनुलाई स्वभाविक मान्न सकिँदैन भन्नेहरू पनि छन्। वास्तवमा अहिले एउटा असहज परिस्थितिको सिर्जना भएको छ।

७. नेपालमा अहिले पनि उद्योग, धन्दा खोल्नेअनुकूल परिस्थिति छैन भन्दै लगानीकर्ताहरू लगानी गर्न हिच्किचाइ रहेको अवस्था छ। यस्तोमा बैंक ब्याजदर पनि बढ्दा उद्योग, व्यापार गर्नेहरू निरुत्साहित हुने सम्भावना छ। जसलाई हामी आफ्नो ग्राहक मान्छौं। उनीहरू नै निरुत्साहित भएपछि हाम्रोमात्र उत्साहले के-कति काम गर्ला सोचनीय कुरा छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width