बौद्ध सम्मेलनमा  राष्ट्रपति भण्डारी

सम्पादक
जेठ २, २०७४

१. राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीको उपलक्ष्यमा श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोहमा आइतबार प्रमुख अतिथिको आसनबाट बुद्ध धर्मको माध्यमबाट नेपाल र श्रीलंकाको सम्बन्ध ऐतिहासिक कालदेखि अविछिन्न रहेकोमा सन्तोष व्यक्त गरेकी छिन्। उनले यो सम्बन्धलाई अरु सुदृढ र विकसित पार्नुपर्नेमा पनि जोड दिइन्।

२. श्रीलंका सरकारले संयुक्त राष्ट्रसंघले डेढ दशकदेखि मनाउँदै आएको राष्ट्रसंघीय ‘बैशाख डे’ को उपलक्ष्यमा त्यो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। त्यो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए भने समापन बुद्ध जन्मेका देशका राष्ट्रपतिको नाताले राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको थियो।

३. सम्मेलनको उद्घाटन र अन्य कार्य कोलम्बोमा गरिएको थियेा भने समापन समारोह बुद्धको दाँत अस्थिधातु भएको पवित्रस्थल क्याण्डीमा गरिएको थियो। राष्ट्रपति भण्डारीले त्यहाँ अस्थिधातुको दर्शन अवलोकन पनि गरेकी थिइन्। साथै उनले क्याण्डीको राष्ट्रिय वनस्पति उद्योगमा वृक्षरोपण पनि गरिन्।

४. भारतले बुद्ध भारतमा जन्मेको भन्दै प्रचार गर्दै आएको बेला श्रीलंकाले बुद्धको जन्मस्थलका राष्ट्रपतिलाई त्यसरी निमन्त्रणा गर्नुलाई महत्वका रुपमा हेरिएको छ। राष्ट्रपति भण्डारीको यो भ्रमणले त्यो भ्रम धेरै मात्रामा हट्ने विश्वास गरिएको छ। श्रीलंका विश्वका प्रमुख बौद्ध देश मानिन्छ । त्यसैले बुद्धजयन्तीमा राष्ट्रसंघको कार्यालयमा बिदा दिनुपर्दछ भनी प्रस्ताव राखेको थियो।

५. राणाकालमा नेपालबाट भिक्षु भएकाहरुलाई देश निकाला गरेपछि उत्पन्न समस्या समाधानका लागि श्रीलंकाका नारद महाथेराको नेतृत्वमा एक प्रतिनिधिमण्डल आएर त्यो समस्या समाधान गरेको स्मरणीय छ। त्यसपछि नै नेपालमा बुद्ध धर्मको पुनर्जागरण भएको हो। श्रीलंकाले नेपाललाई बुद्धको अस्थिधातु पनि प्रदान गरेको छ।

६. सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथि भारतका प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा नेपालको नामसमेत उच्चारण नगरेकामा सहभागीहरुले आर्श्चर्य प्रकट गरेका छन्। उनले नेपालमा आउँदा बुद्ध नेपालमा जन्मेका हुन् भन्छन्। अन्त जाँदा अर्कै भन्छन्। भारतले यस सम्बन्धमा अझै भ्रम छर्ने प्रयास गर्दै आएको छ।

७. सम्मेलनमा नेपालका तर्फबाट अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षुमैत्री महास्थवीरको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो। यो पटकको प्रतिनिधिमण्डलको प्रयास बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने रहेको थियो। यो प्रयासलाई निरन्तर जारी राख्नुपर्नेमा जोड दिइएको थियो भने अकोर्तिर नेपाल सरकारले पनि यसलाई महत्वका साथ अगाडि बढाउन आग्रह गरिरहेको थियो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width