१. मानिस आफ्नो तुच्छ स्वार्थका लागि के कति निर्दयी र क्रुर हुन सक्छ भन्ने कुरा हालैको कपिलवस्तुको एक अत्यन्त दुःखद् घटनाले देखाएको छ। कपिलवस्तु जिल्लाको तिलौराकोटस्थित एक विहारमा बस्दै आएका ८६ वर्षीय वृद्ध भिक्षु सूर्यम·ललाई उनैले डेढ दशक जति पहिले अनगारिका बनाएर राखेका शान्ति लोनिया र उनका छोराहरूले निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेको छ।
२. भिक्षु सूर्यम·लले दुर्इ दशक पहिले आफ्नै जग्गामा विहार बनाएर त्यहाँ बस्दै आएका थिए। उनले शान्ति लोनियालाई अनागरिका बनाए र त्यसपछि उनका छोराहरूलाई श्रामणेर बनाएर अध्ययनका लागि श्रीलड्ढा पठाए। अध्ययनका लागि श्रीलड्ढा गएका ती छोराहरू अध्ययन गर्न नसकी दुर्इ वर्षपछि नै फर्के।
३. त्यहाँबाट फर्केको केही समयपछि तिनीहरूले भिक्षु जीवन परित्याग गरे। तैपनि भिक्षुको करुणा भावले गर्दा तिनीहरूले विहारमा नै बस्ने अवसर पाए। लामो समयदेखि तिनीहरू सबै भिक्षुको विहारमा नै बस्दै आएका थिए। २/३ वर्ष यता तिनीहरूको मति भ्रष्ट भयो र तिनीहरूले विहार नै कब्जा गर्न खोजे।
४. तिनीहरूले विहार नै कब्जा गर्न खोजेपछि वयोवृद्ध भिक्षु एक्लिए र असहायजस्तै बने। तिनीहरूले भिक्षुको टेलिभिजन, प्रिmजलगायतका सामान कब्जा गरेका थिए। तिनीहरूको त्यस्तो व्यवहारले गर्दा विवाद उत्पन्न भयो र भिक्षुले आफू असुरक्षित भएको महसुस गरे। अनि उनले पुस महिनामा अनागारिका शान्तिका परिवारलाई विहारबाट निकाली पाउँ भनी स्थानीय प्रशासनमा निवेदन दिए।
५. प्रहरी कार्यालयमा छलफल हुँदा सँगै आएका शान्तिका परिवार विहारबाट ३५ दिनभित्र निस्कने र त्यसबापत भिक्षुले रु. ५५ हजार नगद र २५ थान जस्तापाता दिने सहमति भएको थियो। विहारबाट निस्कने दिन नजिक आएपछि माघ १२ गते भिक्षु हराएका थिए। भिक्षु हराएको १० दिनपछि भिक्षुका छोराहरूले उजुरी गरेका थिए। त्यसको दुर्इ दिनपछि विभत्स किसिमले हत्या गरिएको भिक्षुको शव नजिकै गाडिएको अवस्थामा फेला पारिएको थियो।
६. भिक्षु सूर्यम·ल जसले जीवन सार्थक पार्न शान्ति लोनियालाई अनागारिका र उनका छोराहरूलाई श्रामणेर बनाएर श्रीलड्ढा पठाए, तिनीहरूबाटै भिक्षु सूर्यमङ्गलको हत्या हुनु विडम्बना हो। फेरि त्यस्तो निन्दनीय कार्य भगवान बुद्धको गृहनगर तिलौराकोटमा भएको छ। शान्तिको खोजीमा लागेका बुद्धका अनुयायी भिक्षुको त्यसरी हत्या गरिनु निन्दनीय कार्य हो।
७. भिक्षु सूर्यम·ल प्रचारमा आउन नचाहने र आफ्नै ठाउँमा बसी बालबालिकालाई बुद्ध शिक्षा पढाउने गर्दथे। उनी पहिले जमिन्दार थिए। उनी त्यहाँका स्थानीय बासिन्दा थिए। बुद्ध भएपछि उनका छोराहरूले विहार छाडेर घरैमा आएर बस्न आग्रह गर्दै थिए। तैपनि उनी भिक्षुको घर विहार नै हो भनी विहार छोड्न चाहेनन्। आज त्यस्तो नियति भोग्नुपर्यो। भिक्षुहरू धेरैजसो एक्लै बस्ने गर्दछन्। त्यसरी एक्लै बस्नेहरू बढी सजग र सतर्क हुनुपर्ने यो घटनाले देखाएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१