बुद्ध नेपालमा जन्मेका हुन्

सम्पादक
भाद्र २६, २०७०

१. भारतको जी टीभीले ‘बुद्ध’ नामक फिल्म प्रदर्शन गर्ने क्रममा बुद्ध भारतमा जन्मेका हुन् भनेपछि नेपालमा त्यसको तीव्र प्रतिक्रिया निस्केको छ। कतै त्यसको विरोधमा जी टीभी नै बन्द गरे भने कतै भारतीय दुतावास सामु गएर विरोध गरे। तर यसपटक त्यो भ्रमको खेती धेरै समय टिकेन। फिल्मका निर्माताहरुले भूल सच्चाएर तुरुन्त माफी मागे।

२.     यस्तो घटना भएको यो पहिलो होइन। यसअघि पनि पटक-पटक भएका छन् र उनीहरुले माफी पनि मागेका छन्। तैपनि के कारणले हो उनीहरुले त्यो भूल दोहोर्‍याउने गरेका छन्। नेपालीहरुले पनि पहिलेभन्दा छिटो प्रतिक्रिया र आक्रोश व्यक्त गरेर उनीहरुलाई माफी माग्नुपर्ने स्थितिमा पुर्‍याएका छन्।

३.     वास्तवमा भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्। उनी २९ वर्षसम्म नेपालकै कपिलवस्तु दरबारमा हुर्की बढेका थिए। जुन दरबार आज तिलौराकोटमा भग्नावशेषका रुपमा प्रष्ट देखिएको छ। यो तथ्यलाई मनन गरेर भारत सरकारमा बस्ने पदाधिकारीहरुले बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा प्रत्यक्ष विवाद गरेका छैनन्।

४.     तर त्यहाँका केही मानिसहरुमा भ्रम छ। त्यो भ्रम केही स्वार्थवस गरिएको छ भने केही प्रायोजितरुपमा पनि गरिएकोजस्तो देखिन्छ। तिनीहरुमध्ये केहीले नेपालको कमजोरीबाट फाइदा उठाउन पनि त्यसो गरिएको हुन सक्दछ। केही नेपालीहरुले अझ पनि भगवान बुद्धलाई आÇनैरुपमा अपनाएका छैनन्। उनीहरुले कतै बुद्धको मूर्ति स्थापना गर्न लागेकि विरोध गर्दछन्।

५.     बुद्ध जन्मेको देशमा बुद्धको मूर्ति राख्न खोज्दा विरोध गर्ने तर उता भारतमा भने बुद्धलाई आÇनै मनाएर जताततै बुद्ध मूर्ति राख्ने गरिएबाट पनि भ्रम सिर्जना भएको छ। हालै र्सुखेतको काँक्रे बिहारमा भएको घटना सर्वविदित छ। त्यस्तै पहिले पोखराको शान्ति स्तुपमा पनि भएको थियो। ३५ फिट अग्लो भइसकेको शान्ति स्तुप भत्काइएको थियो।

६.     जहाँसम्म बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणको कुरा छ, त्यो नेपालसँग प्रशस्त छ। बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनी स्वयं भारतका सम्राट अशोकले लुम्बिनीमा स्तम्भ नै राखेका छन्। लुम्बिनीको विकास गर्नेक्रममा भारतले पनि विहारलगायतका भौतिक संरचना निर्माण गरी सघाएको छ। युनेस्कोले बुद्धको जन्मस्थल भनेर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राखेको छ। संयुक्त राष्ट्रसंघ आफै त्यसको विकासमा प्रत्यक्ष संलग्न छ।

७.     प्रमाणको आधारमा लुम्बिनी र कपिलवस्तु कहिल्यै भारतको हुन सक्दैनन्। दुबै ठाउँ नेपालको अभिन्न अंग हुन्। हेर्न र व्यवहार गर्ने भन्ने हो। त्यसलाई हामीले आÇनै सम्झेर सचेत हुनुपर्दछ र त्यसको प्रचारप्रसारमा सघाउ पुर्‍याउनु पर्दछ। यस्तो काम सरकार र जनता दुबै पक्षबाट हुनुपर्दछ। सरकारले बुद्धको फोटो अंकित गरी नयाँ नोट निकाल्न लागेको समाचार आएको छ। त्यसको पनि एउटा परिणाम दिने अपेक्षा गर्न सकिन्छ। त्यस्तै कामहरु हामीले निरन्तर गरिरहनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width