बुद्ध जयन्तीको महत्त्व

सम्पादक
वैशाख ३१, २०७१

१. आज वैशाख पूणिर्मा। इसापूर्व ५६३ को वैशाख पूणिर्माको दिन सिर्द्धार्थ गौतमको लुम्बिनीमा जन्म भएको थियो भने ३५ वर्षको युवावस्थामा उनले बुद्धत्व प्राप्त गरेका थिए। ४५ वर्षसम्म निरन्तर धर्म प्रचार गरी ८० वर्षको उमेरमा वैशाख पूणिर्माकै दिन उनको महापरिनिर्वाण भएको थियो। जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण जस्तो त्रिसंयोग परेको दिन भएकोले आजको दिनको विशेष महत्त्व छ।

२. भगवान बुद्धको धर्म शीलको धर्म हो, मैत्रीको धर्म हो र करुणाको धर्म हो। यो धर्म समानता र अहिंसामा आधारित छ। शान्ति स्थापना गर्नु यसको उद्देश्य हो। जस्तोसुकै वैरीलाई पनि मैत्रीपूर्ण व्यवहार गर्नु यसको महत्त्वपूर्ण सन्देश हो। यिनै कुराहरू अपनाएर धेरैले आफ्ना जीवन सार्थक पारेका छन्।

३. यो शान्ति र समानताको धर्म भएकोले यसको महत्त्व संसारमा बढ्दै गएको छ। विश्व संस्था संयुक्त राष्ट्र सङ्घ लुम्बिनीको विकासको लागि अग्रसर भएर लागिरहेको छ। हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति स्थापना गरिएको छ भने आज पेरिसमा रहेको युनेस्कोको मुख्यालयमा पनि बुद्ध प्रतिमा राखिने भएको छ।

४. नेपालका राष्ट्रिय विभूति शान्ति नायकको प्रतिमा त्यसरी विश्व संस्थाहरूमा राखिनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो। तर नेपालमा  नै बत्तिमुनि अँध्यारोझैं भएको छ। बुद्धको मूर्ति कतै राख्न लागे विरोध हुन थाल्छ र अनेक बाधा अवरोध तेस्र्याउने गर्दछन्। धेरै ठाउँमा त्यस्तो भएको छ।

५. विद्वानहरूले बौद्ध दर्शनलाई पूर्र्वीय दर्शनको रूपमा व्याख्या गर्ने गर्दछन्। तर अब यसलाई पूर्र्वीय दर्शन भाषा नभनी नेपालकै मौलिक दर्शनका रूपमा प्रचार-प्रसार गर्नुपर्दछ। नेपालका राष्ट्रिय विभूतिद्वारा प्रतिपादित धर्म दर्शन साँचो अर्थमा नेपाल र नेपालीको आफ्नै धर्म दर्शन हो, मौलिक दर्शन हो।

६. योसँग नेपाल र नेपालीको राष्ट्रियता गाँसिएको छ। आत्मीयता जोडिएको छ र भावनात्मकता टाँसिएको छ। त्यसकारण यसको विश्वमा जति प्रचार-प्रसार बढ्दै जान्छ, उति नेपाल र नेपालीको मान सम्मान र प्रतिष्ठा पनि बढ्दै जान्छ। यो कुरा अब धेरैले महसुस गर्न थालेका छन्।

७. अहिले बुद्ध शिक्षा पढ्ने र पढाउने काम सुरु भएको छ। गुम्बा र विहारहरूमा मात्र होइन क्याम्पस, विश्वविद्यालयमा पनि पठनपाठनको व्यवस्था छ। यसले नयाँ आशाको किरण देखाएको छ। पठनपाठनको यो व्यवस्थाले बुद्ध धर्मको प्रचार-प्रसारमा गति थपिने छ र हिजोझैं बत्तिमुनि अँध्यारो अब हुने छैन भनी अपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width