बीपीलाई सम्झँदा

सम्पादक
भाद्र २४, २०७०

१. राजनीतिक शिखर धरोहर बीपी कोइरालाको १०० औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम राखी मनाइरहेका छन्। नेपाली राजनीतिमा बीपीको महत्त्व दिनानुदिन बढ्दै गएको छ। हिजो उनका कटु आलोचक भएकाहरूले पनि आज आफूहरूले उनलाई बुझ्न नसकेको स्वीकारोक्ति गरेका छन्। उनले अपनाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आज पनि उत्तिकै आवश्यक छ र महत्त्वका रूपमा लिने गरिएको छ।

२. राष्ट्रियता कमजोर भएको र विदेशी चलखेल बढिरहेको बेलामा सबैले बीपीलाई सम्झने गरेका छन्। उनले मुस्ताङ काण्ड सम्बन्धमा चीनसँग लिएको अडान, भारतीयहरूलाई नेपालमा घरजग्गा खरिद गर्न नदिएको उनको निर्णयतथा क्याविनेटको छलफल सुन्न आउने गरेका भारतीय राजदूतलाई बैठक स्थलबाट बाहिर पठाएको उनको त्यो कदम स्मरणीय छ। उनले कहिल्यै विदेशीका सामु घुँडा टेकेनन्।

३. उनी प्रधानमन्त्री छँदा राजारजौटा प्रथाको खारेजी, विर्ता, उन्मूलन र भूमिसुधारको जुन काम उनले गरे ती प्रगतिशील र अग्रगामी कदम थिए। त्यसपछिका नेताहरूले भूमिसुधारको नाम त खूब लिने गरेका छन् तर सत्तामा पुग्दा त्यसको नाम नै लिँदैनन्। बीपी सत्तामा रहँदा होस् कि बाहिर उनले कहिल्यै आफ्नो विचार र व्यवहार फेरेनन्। उनी सधैँ जिम्मेवारीपूर्वक अभिव्यक्ति दिन्थे र तदानुसार व्यवहार गर्दथे।

४. स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन गर्ने काममा उनी सफल रहे। उनले आफ्नो पालामा पाकिस्तान र इजरायलसँग दौत्य सम्बन्ध कायम गरेको चर्चित विषय भएको थियो। राष्ट्र सङ्घको १५ औं महासभामा गएर उनले नेपालको राम्रो प्रभाव पारेका थिए। त्यसबेला सोभियत सङ्घका राष्ट्रपति खुश्चोभले महासभामा जुत्ता ठोकेको घटनाको नेपालले कडा आपत्ति जनाएको थियो।

५. बीपी विलक्षण प्रतिभाका थिए। विश्लेषकहरूले उनलाई समयभन्दा पहिले जन्मेका भनी टिप्पणी गरेका थिए। साहित्यमा उनी त्यत्तिकै सफल थिए। उनका साहित्यिक कृतिहरू चर्चित छन्। नेपाली साहित्यमा प|mायदवाड भित्र्याउने उनी पहिलो व्यक्ति हुन्। उनका कृतिहरूमा सूक्ष्म मनोविज्ञानका कुरा छिपेको हुन्छ।

६. बीपी वास्तवमा क्रान्तिकारी थिए। उनी राजनीतिका अतिरिक्त धार्मिक, सांस्कृतिक एवं सामाजिक क्रान्ति गर्न चाहन्थे। उनी कर्मकाण्ड र अन्धविश्वासबाट टाढा रहन्थे। तर ती कुरा उनका अनुयायी भन्नेहरूले पनि अनुशरण गर्न सकेनन्। उनी एक्लो वृहस्पति भएर रहे। जसको परिणाम आज देश ब्रि्रँदै गएको टुलुटुलु हेन परिरहेछ।

७. बीपी कोइराला हरेक दृष्टिमा महान थिए। उनी दूरदृष्टि राख्दथे र सबै कुरा प्रष्ट भन्दथे। तर उनको कुरा दरबारले बुझ्न सकेन र दरबारको अहिले यो हाल भयो। उनको कुरा उनकै पार्टी बुझ्न सकेन  र पार्टी यस्तो अवस्था भयो। पार्टी ओठेभक्ति देखाउनेहरू छन्। तर व्यवहारमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नेहरूको अभाव छ। बीपीको १०० औं जन्म जयन्तीमा ती सबै कुरा सम्झनु आवश्यक छ। हामी उनका सिद्धान्त र योगदानको उच्च मूल्याड्ढन गरी सम्मानपूर्वक उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width