प्रम कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना

सम्पादक
असार २०, २०७१

१. प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिडा क्यान्सर अस्पतालमा विकिरण पद्धतिबाट पहिलो चरणको उपचार सुरु भएको छ। प्रधानमन्त्री क्यान्सरको उपचारको लगि असार २ गते त्यसतर्फ गएका थिए।

२. ज्रि्रोको क्यान्सरबाट पीडित भएका प्रधानमन्त्री कोइरालाको नियमित परीक्षणको क्रममा फोक्सोमा दाग देखिएको थियो। नेपालको डाक्टरहरूले त्यो दाग क्यान्सर हुन सक्ने अनुमान गरेपछि र त्यसको लागि सुविधा सम्पन्न अस्पतालमा पुगेर राम्ररी परीक्षण गर्नुपर्ने बताएपछि उनी अमेरिका गएका थिए।

३. अमेरिकामा उनको ज्रि्रोको क्यान्सरको नियमित परीक्षण भइसकेको छ भने फोक्सोको क्यान्सरको उपचार प्रारम्भ भएको छ। अमेरिकी डाक्टरहरूले फोक्सोको क्यान्सर प्रारम्भिक चरणमा रहेकोले विकिरण पद्धतिबाट निको हुने जनाएका छन्। तिनीहरूले पा“च दिन विकिरण पद्धतिबाट उपचार गर्नुपर्ने उल्लेख गरेका छन्।

४. प्रधानमन्त्री कोइरालाले पहिले चुरोट विंडी, लगायतको दुर्र्व्यशनको प्रयोग गरेकाले क्यान्सर भएको उनका उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्री कोइरालाले पनि त्यो कुरा स्वीकारेका छन् र त्यस्तो दुर्र्व्यशनको प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन्।

५. चिकित्सकहरूले उनको अपरेशन गर्न पनि सोधेका थिए। तर त्यस्तो दुर्र्व्यशनको कारणले उनलाई ब्रोनकाइटिश भएकोले अपरेशन गर्न नमिलेकोले विकिरण पद्धति अपनाउनुपर्ने जनाएका छन्। चिकित्सकहरूले विकिरण उपचारपछि केही दिन आराम गरि स्वदेश र्फकन सक्ने जनाएका छन्।

६. नेपालमा संविधान लेख्ने काम भइरहेको र त्यो संविधान माघ ८ मा घोषणा गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री उपचारका लागि अमेरिकामा रहनुपरेको छ। यो एक असहज परिस्थिति हो। उनले सरकारको दैनिक काम कुरा गर्न उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई र पार्टीको काम गर्न उपसभापति रामचन्द्र पौडेललाई कार्यबाहक सभापति भएर काम गर्न भनेका छन्।

७. चिकित्सकहरूले प्रधानमन्त्री कोइरालाको क्यान्सर प्रथम चरणको भएकोले निको हुने बताएका छन्। साधन सम्पन्न ठाउँमा उपचार भएकोले त्यो सम्भव छ। हामी प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र छिटो स्वदेश पर्केर दैनिक काम कुरा गर्न सामर्थ्य होउन्, यही शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width