प्रम कोइरालाको चीन भ्रमण

सम्पादक
जेठ २३, २०७१

१. प्रधानमन्त्री सुशील कोइराला बिहीबार चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी चीन सरकारको निमन्त्रणामा चीनको कुनमिङमा हुने साउथ एशिया एक्स्पोको उद्घाटन समारोहमा सरिक हुन त्यसतर्फ प्रस्थान गरेका हुन्। उनका साथमा सरकारी अधिकारीका साथ विभिन्न पार्टीका नेताहरू पनि रहेका छन्।

२. चीनले साउथ एशिया एक्स्पोको थिम यस वर्ष नेपाल राखेकोले त्यसले नेपालका प्रधानमन्त्रीलाई त्यस समारोहमा सरिक हुन विशेष आग्रह गरेको थियो। प्रधानमन्त्री संविधान लेख्ने काम छाडेर विदेश भ्रमणमा जान त्यत्ति इच्छुक थिएनन्। तर परिस्थितिले उनलाई भारत र चीन दुबै देशमा जान बाध्य पार्‍यो।

३. मित्र राष्ट्र चीनसँग नेपालको ऐतिहासिक कालदेखिको सम्बन्ध छ। नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजा स्रङच्रङ गम्पोसँग विवाह गरेकी थिइन। उनले आÇनो साथमा बुद्ध र ताराका मूर्तिहरू लगेर बुर्द्धधर्मलाई दरबारमा प्रवेश गराएकी थिइन। त्यसैले त्यहाँ उनलाई सम्मानका साथ हरित तारा भनिन्छ।

४. त्यस्तै, नेपालका कलाकार अरनिकोले बुद्ध धर्मको कला, कौशल र मूर्तिहरू तिब्बत र चीनसम्म पुर्‍याएका थिए। उनले त्यहाँ धेरै गुम्बा र चैत्यहरू निर्माण गरेका थिए। उनले बनाएका चैत्यहरू चीनमा अहिले पनि विद्यमान रहेका छन्। उनलाई चीन सरकारले सरदार पदवी दिएर आजीवन चीनमा रहन आग्रह गरेको थियो।

५.  नेपाल र चीनबीच सम्बन्ध स्थापित गर्न र त्यसलाई मजबूत पार्न बुर्द्धधर्म र बौद्धहरूको भूमिका महत्वपूर्ण रहेको छ। त्यस्तै चीनले भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गुम्बा बनाएर आÇनो उपस्थिति जनाएको छ। प्राचीन कालदेखि यी दुर्इ देशबीच आवतजावत भइरहेको छ भने केही वर्षदेखि त्यो आवतजावत बढ्दै गएको छ।

६. चीनले नेपालको विकासमा सहयोग गरेको छ। सहयोगको मात्रा बढ्दै गएको छ। त्यस्तै दुर्इ देशबीच व्यापार सम्झौता छ र सो सम्झौता अनुसार सामान आयात, निर्यात हुने गरेको छ। तर यो व्यापारमा नेपाल घाटामा छ। नेपालले सकेसम्म धेरै परिणाममा सामान निकासी गर्न खोजे पनि केही व्यापारीक कठिनाई र केही आन्तरिक समस्याले गर्दा सकिरहेको छैन।

७. नेपाल र चीनबीच घनिष्ट सम्बन्ध छ। सरकारी स्तरमा भएका यस्ता भ्रमणले सम्बन्ध अरु निकट र सौहाद्र पार्ने गरेको छ। त्यसको साथै जनस्तरमा पनि राम्रो सम्बन्ध र सौर्हर्द्रता छ। प्रधानमन्त्री कोइरालाको भ्रमणले दुइ देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने छ र सम्बन्ध अरु सुदृढ र बजबुत हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width