१. हाम्रा देशका नेताहरु सधैं कराउने गर्दछन्। उनीहरु आफ्ना कुरा ठूल्ठूलो स्वरले राख्ने गर्दछन्। त्यसमा पनि सरकारमा वस्नेहरु त विकासका नाममा आजै ढुङ्गमा फूलफुल्यो भनेझैँ गरी चिच्याउँछन्। उनीहरु कहिले सरकारले संसारलाई चकित पार्ने काम गरेको बताउँछन् भने कहिले ऐनकानूनको तर्जुमा गर्नुपर्ने भएकोले विकासतिर लाग्न नसकेको बताउँछन्।
२. सत्तारुढपार्टीका अध्यक्ष पुष्पकमल दाहालले दशैँताका सरकारले दशैतिहार पछि गेयर चेञ्ज गरेर विकासतिर लम्कने घोषणा गरेका थिए भने त्यसको ६ महिना पछि प्रधानमन्त्री के.पी. ओलीले आफ्नो गाडीमा ब्याक गेयर नभएकोले अगाडि जानुको विकल्प नभएको बताए। तर त्यो सरकारी गाडीमा अगाडि हाक्ने गेयर पनि छ कि छैन, शंका छ।
३. किनभने देश कतिपय कुरामा अगाडि पछाडि कतै गएको देखिँदैन, उदाहरणको रुपमा प्रदेशलाई लिन सकिन्छ। सात प्रदेशमध्ये तीन प्रदेशले आफ्नो नाम र स्थायी राजधानी तोकेको भएता पनि चारओटा प्रदेशले अझै आफनो नाम र राजधानी तोक्न सकेका छैनन्। तिनीहरु यो नाम राख्ने कि त्यो नाम राख्ने भनी अलमलिइ रहेकाछन्।
४. त्यसरी अनिर्णयको बन्दी भएर अलमलिइरहेका प्रदेशहरु हुन्, १,२,३ र ५। ती चार प्रदेश मध्ये २ नम्बर प्रदेशमा संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको सरकार छ भने १,३ र ५ नं प्रदेशमा ने.क.पा.का नेताहरुको नेतृत्वको सरकार छ र त्यसमा ने.क.पा.कै बहुमत छ। तैपनि तिनीहरुले आफ्नो नाम र राजधानी निश्चित गर्न सकेका छैनन्।
५. तिनीहरुले एक वर्ष विताएर पनि आफ्नो नाम र राजधानी निश्चित गर्न नसकेकोमा सत्तारुढ पार्टी मौन छ। त्यो पार्टीले प्रष्ट रुपमा प्रदेश सरकारलाई अझै किन नाम निश्चित गर्न नसकेको भनेर सोधेको पनि बाहिर आएको छैन भने कुनै सुझाव संप्रेषण गरेको पनि पार्टीले जनाएको छैन। यसमा पार्टीको भूमिका के भन्ने पनि प्रष्ट छैन।
६. सत्तारुढपार्टी, प्रदेश सरकार र प्रदेश सभाका पदाधिकारीहरु एक वर्ष पहिलेदेखि छिटै निर्णय हुन्छ भन्ने गरेका छन्, तर त्यो छिटै आजका मितिसम्म आएको छैन। तिनीहरुमध्ये केहीले अझ पनि यो चैत महिनाभित्रै निर्णय गरिने आश्वासन दिएका छन्। तर त्यो आश्वासनमा भरोसा गर्ने अवस्था भने छैन।
७. ठूल्ठूलो कुरा गर्ने नेताहरुले सानो काम पनि गर्न नसकेर अलमलिई रहेको देख्दा र त्यसमा सत्तारुढ पार्टीले पनि सकरात्मकभूमिका खेल्ने चासो समेत राखेको नदेखिँदा सर्वसाधारण आश्चर्य चकित भएका छन्। हाम्रो विकासको गति कस्तो छ, त्यो विकास कसरी भएको छ, कुन गेयरमा गएको छ भन्ने कुरा प्रदेशका ती कुराले प्रष्ट देखाएको छ। त्यसैले सरकारको गाडीमा कुनै गेयरै नभएको हो कि भन्ने शंका पनि सिर्जना भएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१