१. ‘सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने नाराका साथ काठमाडौंमा म·लबार प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने महासम्मेलनमा आठसय जना सहकारीकर्मीको सहभागिता रहेको छ भने त्यसमा भारत, चीन, बेलायतसहित नौवटा देशका सहकारी अभियन्ताहरूको पनि सहभागिता रहेको छ।
२. राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेको महासम्मेलनलाई महत्त्वका रूपमा हेरिएको छ। यसको महत्त्वलाई दृष्टिगत गरेर अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष डेम पाउलिन ग्रिन पनि सम्बोधन गर्न सरिक भएकी छन्। महासम्मेलनलाई वर्तमान अर्थ मन्त्रीदेखि विभिन्न पार्टीका पूर्व अर्थमन्त्रीहरूले पनि सम्बोधन गरेका थिए।
३. वक्ताहरूले सहकारीको महत्त्व र त्यसलाई के कसरी विकसित गर्दै लग्ने भन्नेमा आ-आफ्नो विचार व्यक्त गरेका थिए। राष्ट्रपति डा. रामवरण यादवले सहकारीका विकृतिहरू समयमै नियन्त्रण गर्न नसके यसले जनताको विश्वास गुमाउने चेतावनी दिए। उनले यसको साख जोगाउन गुणात्मक विकास गर्नुपर्नेमा जोड दिए।
४. सहकारी खोल्न एक किसिमको बाढी नै आएको छ। तर यसको अनुगमन राम्ररी नभएबाट धेरै सहकारीको अस्ितत्व नै समाप्त पनि भएको छ।सरकारी आँकडा अनुसार पनि एक सय ५६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ भने त्यसमा १३ हजार सर्वसाधारणको सात अर्ब ठगी भएको उजुरी परेको छ।
५. पहिल्लो समय वित्तीय सहकारीको विस्तार भएको छ। वित्तीय सहकारीमार्फत सर्वसाधारणको धेरै पूँजी सहकारीमा जम्मा हुन गइरहेको छ। केही सहकारी कृषि क्षेत्रसँग सम्बन्धित छन्। कृषि सहकारीले कृषकको उत्पादनमा सघाउ पुर्याएको छ भने कतिपयले वितरणको व्यवस्था समेत गरेर कृषकको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन्। कतिपयले पर्यटन क्षेत्रमा पनि सहकारीको प्रवेश गर्नुपर्ने औँल्याएका छन्।
६. धेरै देशमा सहकारीले राम्रो गरेका छन् र सफल पनि भएका छन्। तर हामीकहाँ अझै सफल भएको भन्न सकिएको छैन। कतिपय सहकारीहरू कार्यकर्ता पाल्ने थलो भए भने केहीले उद्देश्यअनुरूप काम गरेनन्। सञ्चालकहरूले सहकारीमार्फत उठेको रकम अन्यत्र लगानी गरेका कारणले पनि केही संस्था समस्याग्रस्त भएका छन्।
७. सहकारीको हिसाब पारदर्शी छैन। अनुगमन राम्ररी भएको छैन। नीति नियम व्यवहारिक नभएकाले पनि सञ्चालकहरूले अलिकति हेराफेरी गर्नुपरेको छ। नियत नराम्रो भएको बेला गरिएको हेराफेरीले संस्था नै डुबाउने पनि गरिएको छ। त्यो जे भए तापनि हाम्रो जस्तो समाजमा सहकारीको अत्यन्त आवश्यक छ। सानोतिनो पूँजी सड्ढलन गरी राम्रो काम गर्ने सहकारी उपयुक्त माध्यम हो। त्यसका नीतिनियम व्यवहारिक बनाएर उचित अनुगमन भएमा यसले देशको विकास र श्री वृद्धिमा टेवा दिन सक्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१