पोखरा काव्य उत्सव-२०७१

सम्पादक
जेठ २६, २०७१

१. साहित्य, कला र संस्कृतिको क्षेत्रमा नयाँ-नयाँ प्रयोग र परीक्षण गर्दै आÇनो सक्रियता देखाउँदै आएको पोखरेली युवा सांस्कृतिक परिवारले अहिले फेरि नयाँ काम गरेको छ। परिवारले शनिबार र आइतबार पोखरामा काव्य उत्सव-०२७१ को आयोजना गरी यस क्षेत्रमा आयाम थप गरेको छ।

२. परिवारले शनिबार काव्य उत्सवअन्तर्गत नेपाल र नेपाली भाषी भारतका विभिन्न स्थानका कविहरू ल्याएर पोखरेली श्रोता र दर्शकलाई नयाँ स्वाद पस्केको थियो। कार्यक्रममा भारतको दार्जलिङ, सिलगढी, कालेबुङ र सिक्किमका कविहरू सरिक भएका थिए।

३. वरिष्ठ कवि तुलसी दिवसको प्रमुख अतिथ्यमा सम्पन्न काव्य उत्सवमा कविहरूले देशको समसामयिक अवस्था, सामाजिक, आर्थिक तथा राजनीतिक विषयलगायत माया, प्रेम र देशप्रेमले ओतप्रोत भावनाका कविताहरू आ-आÇना शैलीमा आकर्षक किसिमले सुनाएका थिए।

४. दुर्इ दिनसम्म सञ्चालित त्यस काव्य उत्सवको दोस्रो दिनमा अन्तर संवाद कार्यक्रम राखिएको थियो। अन्तर संवाद कार्यक्रममा नेपाली कविता हिजो र आज तथा कविताको रचना प्रक्रिया विषयमा अन्तर संवाद गरिएको थियो। त्यस संवादमा महेश पौडेल र बसन्त बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। संवाद ज्यादै चुस्त र गम्भीर किसिमले अघि बढेको थियो।

५. यो अन्तरदेशीय कार्यक्रम भएकोले यसको महत्त्व त्यसै पनि बढी छ। त्यसमा पनि यस कार्यक्रममा कवि हृदयको चिनजान र भावनाको साटासाटले एकले अकोर्लाई अरु नजिक ल्याएको छ। अध्ययनको पाटालाई अरु फराकिलो पारेको छ। नेपाली भाषीहरूको स्थिति बुझ्न यो उत्सव महत्त्वपूर्ण भएको छ।

६. अन्तरसंवाद कार्यक्रम पनि विशेष उल्लेख्य रह्यो। नेपाली कविता हिजो कस्तो थियो र आज कसरी जाँदैछ। त्यसको निवारण र विश्लेषण संवादमा राम्ररी उल्लेख भएको थियो भने कविता रचनाको वर्तमान प्रवृत्ति र प्रक्रियाका सम्बन्धमा पनि सहभागीहरूले विशेष चर्चा गरेका थिए।

७. पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा भएको काव्य उत्सव आफ्नो किसिमको महत्त्वपूर्ण अनुष्ठान हो। यो उत्सवमा भारतमा बस्ने नेपाली भाषी कविहरू, देशका विभिन्न जिल्लाका कविहरू र पोखरेली कविहरूको राम्रो जमघट हो। यसले पोखरामा राम्रो छाप पारेको छ। यो उत्सव पछिसम्म स्मरणीय रही रहनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width