पोखरामा पर्यटन विश्वविद्यालय

सम्पादक
असार ९, २०७०

१. पोखरामा शुक्रबार सम्पन्न एक कार्यक्रममा पर्यटन विश्वविद्यालयको कुरा उठेपछि धेरै पोखरेलीले पर्यटन विश्वविद्यालयका सम्बन्धमा सोधखोज गर्न थालेका छन्। पर्यटन विश्वविद्यालय कस्तो हुन्छ, कसरी सञ्चालन हुन्छ आदि इत्यादि र त्यसको सम्भावनाका बारे धेरैले धेरै प्रश्न गर्न थालेका छन्।

२. एबीसी टेलिभिजन पोखरा ब्यूरोको आयोजना र पोखरा उद्योग वाणिज्य सङ्घको सहकार्यमा आयोजित छलफल कार्यक्रममा पर्यटन विश्वविद्यालयको चर्चा चलेको हो। त्यस कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेराज शर्माले पोखरामा शैक्षिक, पर्यटन र उच्च शिक्षाको सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

३.     डा.शर्माले पोखराको भौगोलिक विविधता, सांस्कृतिक सम्पन्नता तथा यसका वरपरका स्थानहरू धार्मिक, पुरातात्त्विक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भएकोले यहाँ पर्यटन विश्वविद्यालयको सम्भावना रहेको औंल्याएका थिए। नेपालमा यो अवधारणा नयाँ हो। नेपालमा पर्यटन विश्वविद्यालयको परिकल्पना गरिएको छैन।

४. उनले पोखरा शैक्षिक पर्यटन र विश्वस्तरीय संस्था बन्न उपयुक्त थलो हो भन्दै पोखरामा त्यसको लागि पूर्वाधारहरू भएको बताएका छन्। उनले पोखरा दक्षिण एशियाली भूखण्डको अत्यन्त आकर्षक स्थल उल्लेख गर्दै यहाँ न विषम गर्मी छ न विषम जाडो नै छ। त्यसकारण यो ठाउँ क्षेत्रीय रूपमा नै आकर्षणको केन्द्र भएको छ।

५. पर्यटन विश्वविद्यालयको कुराले पोखरेलीहरूमा निश्चय नै जिज्ञासा र कौतुहलता उत्पन्न गरेको छ। पोखरा विश्वविद्यालयको संस्थापक पोखरा उद्योग वाणिज्य सङ्घको अग्रसरतामा भएको थियो। त्यो उत्साह यहाँ अझै बाँकी छ। नयाँ काम गर्न पोखरेलीहरू अग्रसर हुन्छन् पनि। तर यसको नेतृत्व कसले गर्ने, त्यो एक भने समस्या छ।

६. पहिले पृथ्वीनारायण कलेजलाई विश्वविद्यालयमा परिणत गर्ने कुरा आएको हो। तर के कारणले लेखनाथमा पोखरा विश्वविद्यालय स्थापना गरियो। क्याम्पस परिवारले पृथ्वीनारायण कलेजलाई विश्वविद्यालय बनाउने कुरा परित्याग गरेको छैन। त्यहाँ पूर्वाधारहरू सबै छन्। तैपनि विश्वविद्यालय कहिले बन्छ, भन्न सकिने अवस्था छैन।

७. पर्यटन विश्वविद्यालय सर्वथा नयाँ अवधारणा हो। नयाँ अवधारणा भएकोले यसप्रति मानिसहरूको आकर्षण बढ्नु स्वभाविकै हो। त्यसमा पनि यो कुरा डा. शर्माबाट आएको र उनले काठमाडौं विश्वविद्यालयलाई स्तरीय एवं व्यवस्थि किसिमले सञ्चालन गरिसकेकाले मानिसहरूमा उनीप्रति एउटा विश्वास छ। तर यहाँ अग्रसरता र नेतृत्व कसले र कसरी लिन्छ, त्यो ठूलो कुरा छ। नेतृत्व उपयुक्त ठाउँमा परेन भने यो कुरा सेलाएर जान पनि सक्छ। यसमा सम्बन्धित सबै सजग र सर्तर्क हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width