पोउवा सङ्घको ६० औं वाषिर्कोत्सव

सम्पादक
माघ २७, २०७०

१. पोखराको सर्वाधिक पुरानो सामाजिक एवं व्यावसायिक संस्थाको रूपमा ख्याति कमाएको पोखरा उद्योग वाणिज्य सङ्घले ६० औं वाषिर्कोत्सव मनाएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ २०११ साल मङ्सिर २५ गते पोखरा व्यापार सङ्घको रूपमा स्थापित भएको थियो। त्यस बेलादेखि सङ्घले निरन्तर प्रगति गरिरहेको छ।

२. पोखरा व्यापार सङ्घको रूपमा स्थापित भए पनि त्यस सङ्घले सुरुदेखि शैक्षिक र सामाजिक कामहरू गर्दै आएको छ। त्यसबेला पोखरामा सामाजिक सङ्घसंस्था थिएनन्। सङ्घले शैक्षिक संस्थाहरू स्थापना र सञ्चालनमा पनि भूमिका खेल्नुपर्दथ्यो। पछि खोलिएका सामाजिक संस्थाहरूको आश्रयदाताको रूपमा पनि संस्थाले धेरै योगदान गरेको स्मरणीय छ।

३. सङ्घले शैक्षिक, सामाजिक क्षेत्रमा मात्र सघाउ पुर्‍याएको होइन, पोखराको विकास निर्माणमा पनि यसको महत्त्वपूर्ण भूमिका रहेको छ। पोखराको औद्योगिक क्षेत्रको स्थापना र बैड्ढ र वित्तीय संस्थाहरूको शाखा खुलाउन पनि सङ्घले सक्रियतापूर्वक लेखापढी गर्ने गरेको थियो। पोखरा-बागलुङ बाटो पोखरा भएर लैजानमा पनि सङ्घले धेरै प्रयास गरेको थियो।

४. सङ्घले गरेको त्यस्तो कामहरूको स्मरण गर्दा पोखरा विश्वविद्यालयको स्मरण नगरी हुँदैन। पोखरा विश्वविद्यालय स्थापना गर्नमा सङ्घले निरन्तर १२ वर्षभन्दा बढी प्रयास गरेको थियो। सङ्घकै प्रयासको परिणाम त्यो विश्वविद्यालय स्थापना भएको थियो। सङ्घको त्यस कार्यले सङ्घको गरिमा र महत्त्व अरु बढाएको थियो।

५. सङ्घको त्यही महत्त्व र भूमिकाले गर्दा पोखरामा सङ्घको छुट्टै छाप छ। त्यसबेला हरेक काम कुराको लागि पोखरा उद्योग वाणिज्य सङ्घतिर हेर्ने चलन थियो। सङ्घका प्रतिनिधिको उपस्थिति नभई कतिपय ठाउँमा बैठक नै सञ्चालन हुँदैनथ्यो। सबैले त्यसकै बाटो हेरेर बस्दथे। सङ्घको शान, मान र प्रतिष्ठा नै अको थियो।

६. देशमा उत्पन्न औद्योगिक एवं व्यापारिक समस्यामा पनि पोखराले नेतृत्वदायी भूमिका खेलेको थियो। महासङ्घमा यसको प्रतिनिधित्वलाई आवश्यकताको रूपमा लिने गर्दथ्यो।

७. यस्तो महत्त्वपूर्ण एवं सबैको सरोकारको केन्द्र भएको संस्थाको ६० औं वाषिर्कोत्सव मनाउनु आफैमा ठूलो कुरा हो। सङ्घले यसबीच नयाँ-नयाँ काम पनि गर्दै आएको छ। आफ्नो इतिहासमा एपछि अको आयाम थप्दै इतिहासलाई गौरवमय पार्दैछ। यो एक खुसीको कुरा हो। हामी सङ्घको उत्तरोत्तर उन्नति र प्रगतिको लागि म·लमय शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width