पृथ्वीजयन्तीमा बिदा गरियोस्

सम्पादक
पौष २२, २०७९

पृथ्वीनारायण शाहले त्यसबेला बाइसे र चौबिसे लगायतका स–साना राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकृत गरेर नेपाल राष्ट्र बनाएका हुन् । उनले त्यसरी नेपाल राष्ट्र बनाएकाले आज हामीले आफूलाई नेपाली भनेर गर्व गर्न पाएका छौं । यो उनको महान देन हो । त्यही देन सम्झेर नेपालीहरुले पृथ्वीजयन्ती मनाउँदै आएका थिए । तर पछि राजतन्त्र विरोधमा आन्दोलन भएपछि आन्दोलनकारीहरुले विभिन्न स्थानमा रहेका राजाहरुको सालिक तोडफोड गरे । राजतन्त्रको विरोधमा विषवमन गरे । र, लामो समयदेखि मनाउँदै आएको र एउटा परम्पराजस्तै भएको पृथ्वीजयन्ती मनाउन छाडे । त्यसदिन सार्वजनिक बिदा दिंदै आएको बिदा पनि कटौती गरे । सरकारले पृथ्वीजयन्ती मनाउन छाडे पनि जनस्तरबाट त्यो दिवस मनाउने काम जारी नै रहेको छ । अहिले कतिपय नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्नो स्थानमा बिदा घोषणा गरेर पृथ्वीजयन्ती मनाउन थालेका छन् । त्यो दिवसमा संघीय सरकारले बिदाको घोषणा गरोस् भनी सरकारलाई दबाब दिने गरेका छन् ।

कुनै बेला राजालाई सामन्ती प्रथाका प्रतीकरुपमा व्याख्या गर्ने कम्युनिष्टहरुको एउटा स्कुलिङ नै तयार भएको थियो । त्यो स्कुलिङबाट प्रशिक्षित एवं दीक्षितहरुले राजा भन्नासाथ नाक खुम्च्याउथे र राजतन्त्रको अन्त गर्नु पर्दछ भन्थे । तर राजा र राजाका भाइदाइले त्यो कुरालाई महत्व दिएनन् । तिनीहरुले कम्युनिष्टलाई प्रयोग गरेर तिनीहरुबाट काम लिन खोजे । कम्युनिष्टहरु पनि थरिथरिका भए । माओवादीको जनयुद्ध पश्चात् यस्तो स्थिति उत्पन्न भयो कि जसले राजतन्त्रको नै अन्त गर्‍यो, त्यसैबेला राजाहरुको सालिक तोडफोड गरिए र पृथ्वीजयन्ती मनाउने काम पूर्णविराम लाग्यो । तर अहिले स्थितिले क्रमशः कोल्टे फेर्दैछ । पृथ्वीजयन्ती मनाउनेहरुको संख्या बढ्दै गएको छ र पृथ्वीजयन्ती मनाउन सार्वजनिक बिदा दिनु पर्दछ भन्नेहरुको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा सरकारमाथि ठूलो दबाब बढ्दैछ ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् भन्नेमा अब विवाद गरिरहनु आवश्यक छैन । आफूलाई परिवर्तनका संवाहक हौं भन्नेहरुले यो कुरा छिटो बुझ्नु पर्दछ । दौरासुरुवाल र भादगाउँले टोपीलाई नेपालको राष्ट्रिय पोशाक भनेर ठम्याउन र त्यो पहिरन लगाउन जे–जति समय खर्चियो, त्यो बेकार भयो । त्यसले केही समय अन्यौलमात्र गर्‍यो । देश बनाउन अग्रसर हुनेहरुले यस्तो वास्तविकतामा शाश्वत सत्य बुझ्न समय खर्चनु हुँदैन । केही पूर्वाग्रहलाई परित्याग गर्न पनि सक्नु पर्दछ । पृथ्वीनारायण शाहको महानवाणीहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । अहिले झन् छिमेकी एवं विदेशीहरुबाट तानातानमा परेको बेला पृथ्वीनारायण शाहका दिव्य उपदेश सबैले चिन्तन–मनन गर्नुपर्दछ । चिन्तन–मनन त्यो बेला सम्भव हुन्छ, जब हामीले राज्यस्तरबाटै पृथ्वीजयन्ती मनाउँछौं र पृथ्वीजयन्ती मनाउन बिदा दिन्छौं । त्यो दिनको महत्वलाई राज्यस्तरबाटै व्याख्या गरेर बिदाको घोषणा गर्नु पर्दछ । त्यो घोषणा अहिले यसै पटक हुनु पर्दछ भन्नेमा हामी जोड दिन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width