पृथ्वीजयन्तीको महत्त्व

सम्पादक
पौष २७, २०७३

१. आज पृथ्वी जयन्ती। बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती। यस पटकको जयन्ती अघिल्लो वर्षको भन्दा केही फरक वातावरणमा सम्पन्न हुन गइरहेको छ। हिजो अतिवादीहरूको दवावले गर्दा पृथ्वीजयन्ती मनाउन गाह्रो भएको थियो भने आज जनताले त्यो दवाव चिर्दै अघि बढिरहेका छन्। उनलाई श्रद्धाञ्जली दिनेहरुको संख्या बढ्दैछ।

२. पृथ्वी नारायण शाहले नेपाल र नेपालीका लागि ठूलो गुण लगाएका छन्। नेपाल राष्ट्रलाई एकीकरण गर्ने अभियानको थालनी गरेर र नेपालका सानातिना राज्यमा विभाजित भएर रहेका राज्यहरुलाई विदेशीको हातमा जानबाट जोगाएका छन्। त्यसबेला अंग्रेजको हस्तक्षेप वर्तमान नेपालको भित्रसम्म छिरेको थियो।

३. उनले कतिपय ठाउँमा अंग्रेजहरुसँग लडेका थिए। अंग्रेजहरुसँग लडेर ठूलै भूभाग आफ्नो हातमा पारेका थिए। उनको त्यही प्रयासले गर्दा ती ठाउँका र हामी सबैले नेपाली भनेर सगर्व भन्न पाएका छौं। इतिहास र गुणको कदर गर्ने प्रवृत्ति भएका हामीले उनको त्यो गुण कहिल्यै विर्सनु हुँदैन। नेपालीहरुले त्यसको पुनः स्मरण गर्दैछन्।

४. केही उदण्ड व्यक्तिहरूले २०६२/६३ सालको जनआन्दोलनको क्रममा उनका शालिक तोडफोड गरे। उनको इतिहासमा कालो धब्बा लगाउने प्रयास पनि गरे। त्यस्तैहरुको दवाव र प्रभावमा परेर सरकारले उनको जयन्ती मान्न छाड्यो। त्यसदिन दिँदै आएको सार्वजनिक विदा कटौती गरे। तर जनताको मुख सधैं थुन्न सकिँदैन भनेको यसबेला देखिएको छ। अब जनताले सार्वजनिक विदाको माग गरेका छन्। राष्ट्रिय एकता दिवस मनाउन दवाव दिँदैछन्।

५. पृथ्वी नारायण शाहको वंश सबै राम्रा थिए भन्न सकिँदैन। शाह वंशको इतिहासमा निस्क्रिय र निस्प्रभावी राजा पनि देखिए। आफ्नो सत्ता र अधिकार जंगबहादुरलाई सुम्पने, प्रजातन्त्र मासेर जनताको अधिकार खोस्ने र आफ्नै वंश विनाश गर्ने पनि त्यही वंशका सन्तान छन्। तर अरु जे भए पनि पृथ्वी नारायण शाहलाई त्यस्तो अनावश्यक लाञ्छना लगाउनु अन्याय हुन्छ।

६. उनले काठमाडौं उपत्यकालाई जितेर पनि त्यहाँको महत्वपूर्ण संस्कार र संस्कृतिको जगेर्ना गर्ने काममा सघाएका थिए। गोर्खा राजाको हैसियतले काठमाडौं लगायतका राज्य जिते तापनि उनले गोर्खा राज्यको विस्तार गरेनन्। त्यसैले उनलाई विस्तारवादी भन्नु हुँदैन। राष्ट्रको नाम नेपाल भन्नु र भाषा नेपाली चलाउनु उनको महानता हो। दूरदर्शिता हो।

७. त्यस्तो महान र दूरदर्शी राजालाई नमन गर्नु, उनको योगदानको चर्चा गर्नु र श्रद्धाञ्जली गर्नु हामी सबैको कर्तव्य हो। इतिहासको गौरव गर्नु हामी आफै गौरवान्वित हुनु हो। नेपालीको शान र मान बढाउनु हो। गौरव बढाउनु हो। यी सबै कुरा मनन गरेर हामी पृथ्वी नारायण शाहको एकीकरण अभियानको उच्च मूल्याड्ढन गरेर मुक्त कण्ठले प्रशंसा गर्दछौं। र, हाम्रो यस प्रयासमा साथ र सहयोग गर्न सबैलाई आग्रह गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width