पार्टीहरूलाई अन्तिम अवसर

सम्पादक
भाद्र ३०, २०७०

१. राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार शीतल निवासमा संविधानसभा चुनावका लागि राष्ट्रिय सहमति जुटाउने उद्देश्यले बोलाएको सर्वदलीय बैठकले राजनीतिक पार्टीरूलाई नजिक ल्याउन सघाउ पुर्‍याएको छ। हिजो वैद्य पक्षधरहरू चुनावमा आउँदैनन् भन्नेहरू अहिले यस पार्टीकारे सकारात्मक देखिएका छन्।

२. वैद्य पक्षीय नेकपा-माओवादीलगायतका दल पनि हिजोभन्दा केही नरम भएको जस्तो छ। चावटा माग राखी वार्तामा आएका छन्। उनीहरूले चुनाव चैतमा सार्नुपर्ने, मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले प्रधानध्यायाधीशबाट राजीनामा दिनुपर्ने कुरा उठाएका छन्।

३. अध्यक्ष रेग्मीले राजीनामा दिएपश्चात् उनकै नेतृत्वमा दलीय सरकार बनाउने र संविधानका मूलभूत अन्तर्वस्तु तथा संविधान निर्माण मार्ग चित्र तयार गर्नुपर्ने कुरा उल्लेख छ। ती मागलाई पहिलेको भन्दा नरम भएको बताइएको छ। एकीकृत माओवादी चुनाव सार्न तैयार छ भने काङ्ग्रेस र एमाले चुनाव सार्ने पक्षमा छैनन्।

४. अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा गर्ने कुरामा पार्टीरूले केही प्रतिक्रिया नदिए पनि बार एशोसिएसनलगायतका धेरै संस्था उनले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ भन्दैछन्। बार एशोसिएसनले प्रधानन्यायाधीशको भूत सवोर्च्चमा देखिएको टिप्पणी धेरै पटक गरिसकेको छ।

५. बागमतीमा अदृश्य रूपले धेरै पानी बगिरहेको छ। पार्टीरूभित्र पनि धेरै कुरा भइरहेका छन्। यत्तिसम्म कि बाहिर धेरै विपरीत देखिएको एकीकृत माओवादी र नेकपा-माओवादी पार्टीीच पनि चुनावमा मिलेर जाने कुरा भएको छ तर त्यसको लागि तिनीहरूलाई समय चाहिएको बुझिन आएको छ।

६. नेपालको राजनीतिमा नसोचेको कुरा पनि हुने गरेको छ। हिजो नेकपा-माओवादी र राजावादीका बीच पनि यस्तै कुरा भएको समाचार आएको सर्वविदित छ। कहाँ के हुन्छ भन्न सकिने स्थिति छैन। नेताहरू एकले अकोर्लाई प्रयोग गर्दै फाइदा उठाउँदै अगाडि बढ्ने मनस्थितिमा छन्। प्रयोग र स्वार्थले सिद्धान्त गौण बनाएको छ।

७. त्यो जे जस्तो भए पनि राष्ट्रपति यादवको प्रयासले पार्टीरूलाई फेरि एकपटक नजिक आउने अवसर प्राप्त भएको छ। यो अवसरलाई अन्तिम अवसर सम्झेर नेताहरूले सहमति गर्नुपर्दछ। सहमतिको विकल्प छैन। निर्वाचन नभए देशको स्थिति के हुन्छ भन्ने सोच्नुपर्दछ। जनता निर्वाचिनको पक्षमा छन् र निर्वाचनमा सबैको सहभागिता हुनुपर्दछ भन्नेमा छन्। यो कुरा नेताहरूले बुझ्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width