पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई शिक्षण अस्पताल बनाउ

सम्पादक
चैत्र १८, २०७०

१. पोखरामा अवस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले हालै आफ्नो स्थापनाको ५७ औँ वाषिर्कोत्सव सम्पन्न गरेको छ। अस्पतालले ५७ वर्षपछि पहिलो पटक वाषिर्कोत्सव मनाएकोमा पोखरा र त्यसको सेरोफेरोमा त्यो चर्चाको विषय भएको छ। मानिसहरुले त्यसको इतिहास, त्यसले पुर्‍याएको सेवा र भोलि त्यसलाई के-कस्तो अवस्थामा पुर्‍याउने, त्यसबारे विचार विमर्श गर्न थालेका छन्।

२. एउटा अस्पतालले त्यसरी चर्चा पाउनु ठूलो कुरा हो। त्यो चर्चा अस्पतालको लोकप्रियताको प्रमाण हो। २०१३ सालमा सोर्ल्जर्सबोर्ड अस्पतालको रुपमा भारतीय भूतपूर्व सैनिकहरुको युद्धपश्चात पुनःनिर्माण कोषबाट स्थापना गरिएको अस्पताल फल्दै-फुल्दै आज क्षेत्रीय अस्पतालको रुपमा विकसित भएको छ।

३. २०१३ सालमा स्थापित त्यस अस्पताल २०१९ सालमा सरकारलाई हस्तान्तरण गरियो। सरकारलाई हस्तान्तरण गरिएपश्चात बराबर अस्पतालको स्तरोन्नति भएको छ। एकताका त्यसलाई पोखरा अस्पताल भनिन्थ्यो भने पछि त्यो गण्डकी अञ्चल अस्पतालमा स्तरोन्नति भयो। २०४३ सालमा फेरि स्तरोन्नति भइ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भएको छ।

४. अस्पतालको स्तरोन्नति भएअनुसार अस्पतालमा विरामी राख्ने शैयाको पनि वृद्धि भएको छ। हाल पाँच यस शैया कायम गर्नुका साथै दक्ष जनशक्ति पनि थप गरिएको छ। यहाँका विशेषज्ञहरुले धेरै राम्रो सेवा दिइ आएका छन्। उनीहरुले अरु केही समय अस्पताललाई उपलब्ध गराए भने विरामीहरु अरु लाभान्वित हुने छन्।

५. निजी क्षेत्रमा धेरै अस्पताल बनेपछि र मणिपाल अस्पताल आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अलि ओझेलमा परेको बताउनेहरु पनि छन्। तर यो अस्पताल सर्वसाधारणको आशा र भरोसाको केन्द्र हो र यसलाई त्यहीरुपमा विकसित गर्नुपर्दछ।

६. हामीले यसभन्दा पहिले पनि औँल्याएका थियौ कि यसलाई रुपान्तरण गरेर शिक्षण अस्पताल बनाउनु आवश्यक छ। यसको भौतिक पूर्वाधार छ । ५७ औँ जन्मोत्सवको कार्यक्रममा त्यसको चर्चा पनि भएको छ। स्वास्थ्य मन्त्री खगराज अधिकारी आफै पनि यसमा सकारात्मक छन्।

७. यसलाई शिक्षण अस्पताल बनाउने यो एक उपयुक्त बेला हो । यहाँका समाजसेवी एवं अगुवाहरुले यसलाई एक अवसरको रुपमा लिएर आफ्नो सक्रियता र पहुँच देखाउनु पर्दछ। यसलाई शिक्षण अस्पतालमा परिणत गर्न सकियो भने यसले यस क्षेत्रका विरामीहरुलाई अरु सेवा दिन सक्नेछ र विरामीहरुले पनि सस्तो र छिटो विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width