परिपक्व नेताहरूको अपरिपक्व काम

सम्पादक
फागुन ४, २०७०

१. नेपाली काङ्ग्रेस र एमालेबीच सत्ता समीकरणको लागि हालै भएको सहमतिमा जुन विवाद उत्पन्न भएको छ, त्यो दुर्भाग्यपूर्ण छ। त्यो विवादले नेपाली राजनीतिमा पछिसम्म नराम्रो प्रभाव पार्ने छ। तिनीहरूको त्यो विवाद गृह मन्त्रालयमा केन्द्रित छ। नेपाली काङ्ग्रेस गृह मन्त्रालय एमाले दिने सहमति भएको छैन भन्दैछ भने एमाले गृह मन्त्रालय आफूलाई सहमति भएको हो भन्दैछ।

२. तिनीहरूको विवाद बढ्दै गएको छ। विवाद बढ्दै गएर सरकारले पूर्णता पाउन सकेको छैन। गृह मन्त्रालय नदिएसम्म एमाले सरकारमा जानै चाहँदैन भने काङ्ग्रेस गृहमान्त्रालय दिने सहमति भएकै होइन भनी अडानमा रहेको छ। तिनीहरूको त्यो अवस्था देख्दा मानिसहरूले परिपक्व नेताहरूले गरेको अपरिपक्व काम भनेर औँल्याउने गरेका छन्।

३. किन, के कारणले त्यस्तो स्थिति आयो, त्यो सोच्नुपर्ने कुरा छ। तर त्यस विषयमा दुवै पक्ष सोच्न तैयार छैनन्। एमाले त काङ्ग्रेसले त्यो कुरा नस्वीकार्दासम्म कुरा गर्ने पक्षमा पनि छैन। उता काङ्ग्रेसका केही नेताहरू एमालेलाई गृह दिएर भए पनि सरकारलाई अघि बढाउनुपर्दछ भनी आफ्नो विचार व्यक्त गर्दैछन्।

४.गृहको सम्बन्धमा सञ्चार माध्यममा पनि धेरै कुरा आएको छ। त्यो एउटा मन्त्रालयका सम्बन्धमा पार्टीर नेताहरू किन मरिहत्ते गर्दछन् भन्ने चर्चा पनि धेरै भएको छ। शक्तिको दुरुपयोग गरे भने त्यस मन्त्रालयमार्फत व्यक्ति र पार्टीले फाइदा उठाउन सक्लान् र जस पाउने मान्त्रालय त्यो होइन। गृह मन्त्रालय सम्हालेर सफल हुने नेताहरू ज्यादै थोरै छन्।

५. फेरि अहिले त्यसरी विवाद गर्ने बेला होइन यो। भागबण्डाको कुरा गन्हाएको विषय भएको छ। भागबण्डाले गर्दा देश ब्रि्रेको भनी आरोप लगाउनेहरू धेरै छन्। यस्तोमा दुर्इ नजिकका पार्टीभनिएका काङ्गेस र एमालेले त्यही कुरामा अडान लिएर बसिरहनु जग हसाउनु हो। यो विवाद जति गहिरिँदै जान्छ, उति ती पार्टीर पार्टीका नेताहरूको साख गिर्दै जानेछ।

६. ती पार्टीहरूले भित्रैदेखि सँगै बसेर राम्ररी काम गर्ने विचार हो भने एउटा मन्त्रालय विशेषको लागि त्यसरी राष्ट्रलाई नै बन्धक हुने अवस्थाको सिर्जना गर्नु कदापि उचित होइन। असमझदारी र विवाद उत्पन्न भएमा त्यसलाई भित्रै सुल्झाउन पनि सकिन्छ। तर तिनीहरूले यो विषयलाई जे जसरी बाहिर ल्याएका छन्, त्यो कदापि बुद्धिमानी होइन।

७. राजनीति सीधा बाटोबाट मात्र जाँदैन। राजनीतिमा वातावरण बिगार्न खोज्नेहरू पनि हुन्छन्। सफल हुन लागे त्यसलाई असफल बनाउने खेल खेल्नेहरू पनि हुन्छन्। सफल भए त्यसको जस आफूले लिनेहरू पनि हुन्छन्। यस्ता सबै काम कुराबाट काङ्ग्रेस र एमाले र त्यसका नेताहरू सजग र र्सतर्क हुनुपर्दछ। अझ समय छ। वातावरण बिगार्नेतिर होइन, सपार्नेतिर जानुपर्दछ। र राष्ट्रलाई नै बन्धक राखेर फेरि अकल्पनीय स्थिति निम्त्याउने होइन, निकास निस्कने काम गर्नुपर्दछ। त्यसमा पनि प्रधानमन्त्री भएका सुशील कोइरालाले लचकताका साथ सोच्नुपर्दछ र छिटो समाधान खोज्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width