पत्रकार महासङ्घको अधिवेशन

सम्पादक
वैशाख २१, २०७१

१. नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशन शनिबार काठमाडौमा सुरु भएको छ। ‘संविधानसभामार्फत एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो संविधान’ भन्ने मूल नाराका साथ प्रारम्भ भएको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए।

२. नेपालमा लोकतान्त्रिक प्राप्तिको आन्दोलनमा प्रेसले खेलेको भूमिका प्रधानमन्त्री कोइरालाले प्रशंसा गरे र आगामी दिनमा पनि प्रेसको महत्त्वपूर्ण रहने विश्वास उनले गरे। उनले प्रेसलाई आफ्नो सरकारले सक्दो सहयोग गर्ने कुरा पनि व्यक्त गरे। प्रधानमन्त्रीले त्यसो भनिरहँदा श्रमजीवी पत्रकारहरूले अब आफूले ऐन अनुसार पारिश्रमिक पाइने भयो कि भनी कानेखुसी गरेका थिए।
३. पत्रकारहरूले ऐन अनुसार पारिश्रमिक पाउनुपर्दछ भनी कराएको वषौर्ं भयो। महासङ्घको अध्यक्षहरू पनि धेरै फेरिए। उनीहरूले सबैले प्रतिबद्धता व्यक्त गरेका थिए। सरकारमा भएका मन्त्रीहरूले पनि त्यसमा धेरैपटक प्रतिबद्धता जनाए। तर पत्रकारहरूले आजतक ऐनले तोकेको पारिश्रमिक पाएका छैनन्।
४. केही सञ्चारगृहहरू छोडेर भन्ने हो भने सम्पूर्ण प्राय पत्रकार त्यसबाट पीडित छन्। सरकारी सञ्चारमाध्यममा काम गर्नेहरू पनि शोषित पीडित भएका छन्। पत्रकार र पारिश्रमिकको चर्चा गर्दा यो प्रष्टसाथ भन्न सकिन्छ कि कुनै पनि व्यवसायमा लागेकाहरू भन्दा पत्रकारहरू बढी शोषित र पीडित छन्।
५. पत्रकारहरू एक छैनन्। आफ्नो पेशामा स्वतन्त्र छैनन्। उनीहरूमध्ये अधिकांश त दलीय छायाँमा रमाउने गरेका छन्। उनीहरू एक न एक पार्टीविशेषसँग जोडिएका छन्। उनीहरू यो दल र त्यो दलसँग विभक्त भइरहेकाले उनीहरू सशक्त आवाज बुलन्द गर्न सकेका छैनन् र त्यसो हुँदा उनीहरूको कुरा सम्बद्ध पक्षले राम्ररी सुन्ने गरेका छैनन्।
६. चुनावको बेला उनीहरू झन् दलीय भागवण्डामा विभक्त हुन्छन् र चुनाव जित्नका लागि कृत्रिम एकता गर्दछन्। पार्टीले टीका लगाएकालाई आफ्नो उम्मेदवार घोषणा गर्दछन्। जितेमा खुसी हुन्छन्। तर त्यो जितेको वातावरण धेरै समय टिक्दैन, त्यहाँ फुट पर्दछ र स•ठन अपा•जस्तै भएर काम राम्ररी गर्न नसक्ने हुन्छ।
७. महासङ्घको चुनाव आज काठमाडौंमा हुन गइरहेको छ। पार्टीो फेरो समातेको कुन प्यानलले जित्ला, हामी त्यसलाई महत्त्व दिन्नौं। जसले जितेपनि पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्दछ। पत्रकारहरू जोखिम पनि काम गर्नुपर्ने भएकोले उनीहरूको बीमाको व्यवस्था हुनुपर्दछ। पत्रकारहरूले देश र समाजका लागि काम गरिरहेकाले उनीहरूलाई वृत्ति विकासको व्यवस्था हुनुपर्दछ। यत्ति भन्दाभन्दै हामी फेरि स्वतन्त्र पत्रकारितामा जोड दिन चाहन्छौँ। पत्रकारहरू स्वतन्त्र हुनुपर्दछ र स्वतन्त्र हुनुपर्दछ र स्वतन्त्रतापूर्वक काम गर्न वातावरण हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width