नेविसङ्घको महाधिवेशनले जन्माएको सवाल

सम्पादक
जेठ २८, २०७१

१. नेपाली काङ्ग्रेसको नेतृत्वले नेपाल विद्यार्थी सङ्घको महाधिवेशन फेरि स्थगित गरेको छ। काङ्ग्रेसका विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले सङ्घको जिल्ला र क्याम्पस अधिवेशन नसकिएको कारण महाधिवेशन स्थगित गरिएको बताएका छन्। नेतृत्वले त्यसरी महाधिवेशन स्थगित गरेको यो चौथो पटक हो।

२. काङ्ग्रेस नेतृत्वले महाधिवेशन गर्न/गराउन नसकेको आरोप लगाएर तत्कालीन अध्यक्ष प्रदीप पौडेललाई हटाएर रञ्जित कर्णयो नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो। त्यसबेलादेखि पटक-पटक महाधिवेशनको मिति तोकियो तर त्यो मिति नजिक आएपछि फेरि स्थगित गर्ने गरिएको छ।

३. एउटा भातृ स·ठनको महाधिवेशनको त यस्तो अवस्था छ भने पार्टिको महाधिवेशनको अवस्था कस्तो होला भनेर अब धेरैले प्रश्न गर्न थालेका छन्। यो अवस्था नेविसङ्घको मात्र होइन, अन्य भातृ स·ठनको अवस्था पनि त्यस्तै छ। धेरै भातृ स·ठनको महाधिवेशन नभएको धेरै भयो। तिनीहरूमध्ये केही को त अस्तित्व छ कि छैन जस्तो पनि भएको छ।

४. भातृ स·ठनहरूले सक्रियता देखाएर केही गर्नुभन्दा नेताहरूको चाकडी गरेर पदमा टाँसिरहने प्रवृत्ति बढी भएको गुनासो छ। यस्तो प्रवृत्ति फेरि नेपाली काङ्ग्रेसका भातृ स·ठनहरूमा मात्र भएको होइन, अन्य पार्टिका भातृ स·ठनको अवस्था पनि हु-बहु त्यस्तै छ।

५. त्यस्तै प्रवृत्तिले गर्दा एक जना मानिस लामो समय नेतृत्वमा रहने परम्परा भएको छ। नेतृत्व हस्तान्तरण भन्ने कुरा नेताहरूको भाषणमा मात्र सुनिन्छ, व्यवहारमा देखिँदैन। त्यसले गर्दा सबै पार्टिका नेतृत्वप्रति गुनासो छ र असन्तोष छ। तर नेतृत्वले त्यो कुरा सुने पनि नसुनेझैं बस्छन् र बुझेर पनि नबुझेझैं गरी बस्ने गरेका छन्।

६. नेविसङ्घकै कुरा गर्ने हो भने प्रदीप पौडेलले महाधिवेशन गर्न नसकेको कारण उनलाई पदबाट हटाइएपछि त्यही नियम वर्तमान अध्यक्षमाथि पनि लागू गर्नुपर्ने होइन र ? वर्तमान नेतृत्वले चारपटक प्रयास गर्‍यो तर असफल भयो। महाधिवेशन गर्न सकेन। अरु स·ठनको नेतृत्वको अवस्था पनि त्यस्तै छ।

७. भातृ सङ्गठनहरू पार्टिको शक्ति हो। जति भातृ स·ठनहरू सक्रिय र सुदृढ हुन्छन्, उति माउ पार्टि बलियो हुन्छ। तर अहिले त्यो दृष्टिले हेर्न छाडिएको छ। भातृ स·ठनहरू मात्र पार्टिको शोभा भएका छन्। केही भातृ स·ठनहरू भने सक्रिय छन् र पार्टिकाई राम्रो खुरा’क दिएका छन्। तर अधिकांश स·ठनले अस्तित्वको निर्वाह मात्र गरेका छन्। नेविसङ्घको महाधिवेशनले यस्ता धेरै कुरा देखाएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width