नेविसङ्घका नेताहरू हतियारसहित पक्राउ

सम्पादक
फागुन २९, २०७०

१. नेपाल विद्यार्थी सङ्घका केही नेताहरू काठमाडौंमा हतियारसहित पक्राउ परेका र उनीहरूलाई छुटाउन सङ्घका कार्यकर्ताले गरेको प्रयास अहिले यताउता चर्चाको विषय भएको छ। प्रहरीले उनीहरूलाई राति हतियारसहित पक्राउ गरेको थियो र अहिले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

२. तर यसैबीच नेपाल विद्यार्थी सङ्घका केही विद्यार्थीहरूले काठमाडौंमा उनीहरूलाई छुटाउन बाटो बन्द गरी ढुङ्गामुढा गरेका थिए। हतियारसहित राति पक्रेका ती विद्यार्थी नेताहरू छुटाउन संस्था नै त्यसरी लागेकामा धेरैले आर्श्यर्च व्यक्त गरेका छन्। त्यसरी आर्श्चर्य व्यक्त गर्नेहरूले प्रहरीले कानुनबमोजिम कारबाही गर्नुपर्ने विचार पनि व्यक्त गरेका छन्।

३. अहिले सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेकाले सरकार र काङ्ग्रेसका नेताहरूले के कस्तो भूमिका खेल्लान् भनेर नियालिरहेका छन्। त्यसरी नियालिरहेकाहले सरकारले हस्तक्षेप गरी ती पक्राउ परेकाहरूलाई छुटाउला कि भनी शड्ढा गदैछन्। तिनीहरूका अनुसार कानुनी राजको पक्षमा रहेको नेपाली काङ्ग्रेसको लागि यो अग्निपरीक्षाको घडी हो।

४. विगत केही वर्षदेखि नेपाली युवाहरूमा धेरै विकृति र विस·ति आएको छ। हतियार राख्नेहरूको सङ्ख्या पनि बढ्दो छ। हतियार देखाएर रवाफ देखाउनेहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ। त्यसरी हतियार राख्नेहरूबाट अप्रिय घटना पनि हुने गरेका छन्। जुन कुरा प्रहरीका लागि एक चुनौती पनि भएको छ।

५. उता नेपाल विद्यार्थी सङ्घ पक्षले भने हातहतियारको लाइसेन्स देखाउँदा पनि पक्राउ पुर्जी थमाएको भनी असन्तोष जाहेर गरेको छ। उनीहरूले स्वतन्त्रपूवक हिँड्डुल गर्ने र व्यवसाय गर्ने संविधानप्रदत्त मौलिक हकमा आघात पुगेको जिकिर गरेको छ। त्यसो भन्ने पक्षले काठमाडौंको एक ठाउँमा ढुङ्गामुढा गरी चक्काजाम गरेको थियो।

६. केश सवोर्च्चमा पनि पुग्यो। सवोर्च्चले कानुनबमोजिम म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणको रिट आकषिर्त नहुने भनी रिट खारेज गरेको छ। उता संविधानसभामा पनि यस प्रकरणले चर्चा पाएको छ। सभासद् चित्रबहादुर केसीले सडकमा गाईजात्रा देखाएको आरोप लगाएका छन्। यसैबीच नेविसङ्घ केही पछि हटेको छ।

७. नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार भएकाले यो प्रकरणले केही बढी चर्चा पाएको हो। त्यसमा पनि काठमाडौंमा अहिले प्रहरीले गस्ती कडा पारेको अवस्था छ। सरकारमा बसेकाहरूले प्रहरीलाई कुनै दबाब दिएको देखिँदैन। प्रहरीले बिनादबाब काम गरेको छ। अहिलेको अवस्थामा यो सम्वेदनशील भएकोले यसलाई स्वतन्त्रतापूवक अघि बढाएर टु·याउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width