नेपाल-भारतको सम्बन्ध

सम्पादक
श्रावण ९, २०७१

१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तैयारीको क्रममा विदेशमन्त्री सुषमा स्वराज आज नेपालमा आउने भएका छन्। भारतीय नेताहरुको यो भ्रमणले नेपालमा धेरै तरङ्ग उत्पन्न गरेको छ। खास गरेर भारतले हालै पठाएको जलविद्युत् प्रस्तावले विवाद नै उत्पन्न गरेको छ। कोही त्यो प्रस्ताव फिर्ता पठाउनु पर्दछ भन्दै छन् भने कोही त्यसमा रहेको नेपालको हित विपरीतको बुँदाहरु संशोधन गर्नुपर्दछ भन्दैछन्।

२. नेपाल-भारतका बीच भएका सन्धीसम्झौतामा जहिले पनि नेपाल ठगिएको महशुस गरिएको छ। सन्धीसम्झौता गर्ने तर काम नगर्ने भारतको प्रवृत्ति यहाँ आलोच्य भएको छ। महाकालीबाट नेपालीहरुले जेजस्तो आश त्यसबेला गरेका थिए, त्यो केही पनि पाएका छैनन्। भारतले अधिकार त लियो तर आजसम्म काम थालिएन। यो नेपालीको गुनासो हो।

३. नेपालको सीमा अतिक्रमण भएको छ। सीमा नजिक भारतले एकतर्फी रुपमा बाँध आदि बनाएर वर्षाको बेला खोलानालाको पानी थुनेर नेपाली भूभाग जलमग्न गर्ने काम गरिरहेको छ। छिमेकी भएर रहेपछि छिमेकको दुःख पीडा बुझिदिनु पर्दछ र तदानुसारको व्यवहार भारतबाट हुनुपर्दछ।

४. भारतसँगको नेपालको व्यापार घाटा कहाली लाग्दो किसिमले बढ्दो छ। नेपाली उत्पादन भारतमा सजिलै निर्यात गर्ने प्रावधान गरिनुपर्दछ। भारतका यातायातका साधन सजिलै नेपाल प्रवेश गरेझैं नेपाली साधन पनि भारतमा निर्वाध जान पाउनुपर्दछ। यस्ता धेरै कुरा छन्, जसमा नेपाल खुम्चिएर बस्नु परिरहेको छ।

५. भारतले सहयोग गर्ने भनि दिएको बचन धेरै क्षेत्रमा केही भएको छैन। भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर नेपाल आउँदा रेलमार्गको कुरा उठेको थियो। तर अझसम्म त्यो काम पनि भएको छैन। यस्ता धेरै आश्वासनको कुम्लो बोकेर नेपालीहरुले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेका छन्।

६. नेपालको नजिकको मित्र भारत हो। आफ्ना दुःख वेदना मित्रलाई नभने कसलाई भन्ने – त्यही हिसाबले हामीले सर्वसाधारण नेपालीहरुले भोगेको कुरा यहाँ संक्षेपमा राखेका छौं। सीमा अतिक्रमण र सीमानामा हुने जलमग्नको विषय गम्भीर छन्। त्यसलाई तल्लो स्तरबाट समाधान गर्न पनि सक्दैन।

७. अहिले उच्चस्तरीय वार्ता हुन गइरहेको बेलामा यस्ता संवेदनशील विषयलाई नेपालले राख्नुपर्दछ र भारतले पनि त्यसको महशुस गरी समस्या समाधान गर्नुपर्दछ। मोदी सरकारले छिमेकीहरुसँगको सम्बन्ध सुधार्ने उद्देश्यले जेजति महत्त्व दिएर प्रधानमन्त्री मोदी तथा विदेशमन्त्री स्वराजले नेपाल भ्रमण गर्दैछन्, त्यो ठूलो कुरा हो, हामी यी भ्रमणहरुबाट नेपाल र नेपालीको समस्या समाधान हुन्छ र नेपाल र भारतको सम्बन्ध अरु सुदृढ हुन्छ भन्ने पक्षमा छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post