नेपालीका लागि अर्को खुशीको खबर

सम्पादक
वैशाख २, २०७१

१. नेपालका राष्ट्रिय विभूति शान्ति नायक भगवान बुद्धको मुर्ति विश्वका विभिन्न महत्वपूर्ण स्थानहरुमा स्थापित गर्ने क्रम बढ्दै गएको छ। गत वर्ष अन्र्राष्ट्रिय अदालत परिसरमा बुद्ध मूर्ति राखिएको थियो भने अहिले निकट भविष्यमा युनेस्कोको मुख्यालय परिसरमा पनि

राखिने भएको छ। उक्त बुद्ध मूर्ति आगामी बुद्ध जयन्तीका दिन राख्ने निर्णय भएको छ। यो कुरा प्रत्येकनेपालीका लागि गर्वको कुरा हो।

२. युनेस्कोको मुख्यालयमा राखिने बुद्ध मूर्ति नेपाल युनेस्कोको सदस्य भएको ६० वर्ष पुगेको उपलक्ष्यमा नेपालले उपहार स्वरुप दिन लागेको हो। नेपालले दिन लागेको बुद्ध मूर्ति युनेस्कोले सहर्ष स्वीकार गरी मुख्यालयमा राख्ने निर्णय गरेपछि यो कुरा सार्वजनिक भएको हो।

३. नेपालले उपहार स्वरुप दिन लागेको बुद्ध मूर्ति पाँच फिट अग्लो र असीदेखी सय किलो तौल हुने अनुमान गरिएको छ। त्यस मूर्तिमा नेपालको नक्सा कुँदेर त्यसमा “बर्थ प्लेस अफ लर्ड बुद्ध” भनेर प्रष्ट साथ लेखिने भएको छ। विश्वका हजारौ प्रतिष्ठित व्यक्तिहरु आउने ठाउँमा त्यसरी मूर्ति राखिदा त्यसले बुद्धको जन्म थलोको बारेको भ्रम हटाउन ठोस सघाउ पुग्ने अनुमान गरिएको छ।

४. पवित्र लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघ ४० वर्ष भन्दा पहिलेदेखि संलग्न छ भने त्यस अन्तरगतका विभिन्न संस्थाहरुले पनि लुम्बिनीको विकासमा सहयोगको हात बढाएका छन्। युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचिमा राखेको छ भने त्यसले लुम्बिनी बर्थ प्लेस अफ बुद्ध र सेक्रेड गार्डेन अफ लुम्बिनी नामक दुर्इटा पुस्तक प्रकाशित गरेको छ।

५. चालीस वर्ष पहिले संयुक्त राष्ट्र संघका महासचिव उथानले लुम्बिनी भ्रमण गरी लुम्बिनीको विकास गर्ने अठोट गरेका थिए। उनको अठोट अनुसार लुम्बिनीले आज यो रुपमा विकसित हुने अवसर पाएको हो। वर्तमान महासचिव मूनले पनि कपिलवस्तु र देवदहलाई समेटेर बृहत्तर लुम्बिनीको विकास गर्ने सदिच्छा व्यक्त गरेका छन्।

६. बृहत्तर लुम्बिनीको विकास गरिए पछि लुम्बिनी विश्वको प्रमुख पर्यटन केन्द्र हुनेछ। यसको भविष्य देख्नेहरु कसैले यसलाई सुनको खानी भन्न थालेका छन भने कसैले नेपालको अर्थोपार्जनको प्रमुख थलो भन्न थालेका छन्। लुम्बिनीको भविष्य उज्ज्वल छ र उज्ज्वल भविष्यमा भएकोले धेरैले यसको विकासमा आफूलाई पनि संलग्न गर्ने प्रयास गरिरहेका छन्।

७. भगवान बुद्ध नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिद्वारा प्रतिपादित धर्म दर्शन नेपालको मौलिक दर्शन हो। यसलाई सम्पूर्ण नेपालीहरुको सम्मानको रुपमा फैलाउन सके त्यसले नेपालको श्री बृद्धिमा ठूलो टेवा दिनेछ। नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च बनाउने छ। यस्तो कुरामा नेपालीहरुको छिटो ध्यान जानु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width