नेपालको अधुरो तस्विर

सम्पादक
चैत्र १, २०७१

१. महिला हक अधिकारका सम्बन्धमा बराबर चर्चा परिचर्चा हुने गर्दछन्। त्यस्तै  चर्चा र मूल्याड्ढनका लागि न्यूयोर्कमा संयुक्त राष्ट्र सङ्घीय महिलासम्बन्धी आयोजनाको ५९ औं सम्मेलन हालै प्रारम्भ भएको छ। नेपालमा महिला हिंसाका घटना र बालिकालाई बलात्कार गरी हत्या गर्ने घटना बढ्दै गएको परिप्रेक्ष्यमा यस्तो सम्मेलनको ठूलो महत्त्व छ।

२. बीस वर्ष पहिले चीनको राजधानी बेइजिङमा अन्तर्राष्ट्रिय स्तरको वृहत् महिला सम्मेलन भएको थियो। त्यो सम्मेलनमा महिला हक हितका सम्बन्धमा धेरै प्रस्ताव पारित गरेको थियो। र सम्मेलनले त्यहाँ पारित प्रस्ताव अनुसार आ-आÇनो देशमा नीति निर्धारण गर्न र तदानुसार ऐन नियम बनाउन आग्रह गरेको थियो।

३. धेरै देशले त्यसमा आवद्धता पनि जनाएका थिए। नेपालले पनि त्यसमा वचनबद्धता व्यक्त गरेको छ। औपचारिक रूपमा नेपाल बेइजिङ सम्मेलनमा आवद्ध छ। तर जे जसरी महिलाका हक अधिकार व्यवहारमा स्थापित हुनुपर्ने हो, त्यो भएको छैन। अझै पनि नेपाली महिला शोषित पीडित छन् र यौन हिंसाका शिकार भएका छन्।

४. यसबीच आएर नाबालिकाहरूलाई बलात्कार गर्ने र त्यो घटनाबाट आफू बच्न पीडित बालिकालाई हत्या गर्ने घटना पटक-पटक भएका छन्। संवेदनशीलताको हिसाबमा भन्ने हो भने त्यस्तो घटना मानव इतिहासको कलंक हो। त्यस्तो कलंक नदोहोरियोस् र कलंक गर्नेलाई कडाभन्दा कडा कारबाही गरियोस् भनी जिल्ला जिल्लामा आवाज उठेको छ।

५. अहिले नेपालमा मानव अधिकारवादीहरूको दबाबले गर्दा फाँसी दिने प्रावधान छैन। नाबालिकाको बलात्कार र बलात्कृत बालिकाको जे जसरी निर्ममतापूर्वक बर्बर हत्या गर्ने गरिएको छ, त्यसले गर्दा फाँसीको सजायँ फेरि राख्नुपर्ने आवाज बुलन्द भएको छ। बारा जिल्लामा यो घटनाबढी चको रूपले आएको छ। त्यहाँ सर्वसाधारण आन्दोलित भइरहेका छन्।

६. भारतमा यौन हिंसाको विरोधमा जबर्जस्त आन्दोलन भएपछि त्यहाँको संसद्ले कडा कानुन बनाएको छ। नवनिर्मित कानुन अनुसार एकातिर फाँसीको समेत प्रावधान गरेको छ भने अकोर्तिर त्यो मुद्दा फाष्ट ट्रयाकमा फैसला गर्न सकिने बनाएको छ। नेपालमा पनि त्यस्तै कानुनको माग बढेको छ।

७. महिला हिंसाका घटना अप्रत्याशित रूपले बढेको छ। त्यो पनि एक जिल्ला र एक ठाउँमा मात्र होइन, पूर्व हेरे पूर्वमा नै यस्तो घटना भएका छन् भने पश्चिम हेरे पश्चिमतिर नै भएका छन्। घटनाको प्रकृति हेर्दा स·ठित अपराधीहरू पनि यसमा संलग्न छन् कि भन्ने पनि अनुमान गर्न सकिन्छ। यो प्रकरण पराकाष्ठमा पुगेको छ। सरकारले राम्ररी हेरेन भन्ने गुनासो पनि व्यापक छ। यस्तो केशमा प्रशासनले हेलचक्र्याइँ गर्नु पनि हुँदैन। जघन्य अपराध गर्नेलाई कानुनको फन्दामा ल्याउनैपर्दछ। कडाभन्दा कडा सजायँ दिनुपर्दछ। यस्तो घटनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार पनि गर्नुपर्दछ। न्यूयोर्क सम्मेलनमासहभागी भएका हाम्रा महिला तथा बाल बालिका तथा समाज कल्याण मन्त्रीले जे जसरी कुरा उठाए, त्यो नितान्त औपचारिक भएको छ। त्यस्तो औपचारिक कुराले समाजमा भएको नराम्रो गतिविधिको तस्विर र्छल· पार्न सक्दैन। त्यो अधुरो भयो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै