नेकामा बढ्दो विवाद

सम्पादक
फागुन १८, २०७३

१. नेपाली काँग्रेसमा एकपछि अको विवाद थपिदै छन्। संस्थापन देउवा पक्ष र पौडेल पक्षको जुहारी एक-एक गरी बाहिर आउन थालेका छन्। निर्वाचन पछि सबै विवाद टु·न्िछ भन्ने जुन आशा अपेक्षा गरिएको थियो, त्यो आशा अपेक्षा गरेजस्तो भएन। विवाद हिजो भन्दा आज चुलिदै गएको छ।

२. गिरिजाप्रसाद कोइरालाको पालामा पार्टीा दुर्इवटा गुट थियो भने यो निर्वाचनले तीनवटा गुट बनाएको छ। त्यसमध्ये देउवा र पोडेल गुटको विवाद बराबर बाहिर आउने गरेको छ। गुटबन्दीको कारण सभापति देउवाले कार्यसमितिलाई पूर्णता दिन पनि सकेका छैनन्। पदाधिकारी तोक्न पनि सकेका छैनन्।

३. निर्वाचित सभापति आफै निरीह जस्तै भएका छन्। सभापति देउवाले महत्वपूर्ण कुराहरुमा आफूसँग परामर्श नगरेको र कार्यसमितिमा राखी निर्णय नगराएकामा पौडेल पक्षले असन्तुष्ट जाहेर गरेको छ। एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर सभापति देउवाले गरेका कतिपय काम कुराहरु सच्याउनु पर्ने भएका छन्।

४. सभापति देउवाले यसबीच गरेका कतिपय निर्णयहरु विवादास्पद भएका छन्। ती विवादास्पद निर्णयहरुले काँग्रेसी नेताहरुले शिर निहुराउन पर्ने अवस्था पनि आएको छ। आÇना समकक्षी नेताहरुको परामर्शमा त्यस्तो निर्णय या सिफारिश गरेको भए सायद यस्तो अवस्था आउने थिएन।

५. प्रजातन्त्रमा महत्वपूर्ण निर्णयमा छलफल गरिन्छ। निर्णयमा पुग्ने पनि विधिविधान हुन्छ। ती विधि विधान अनुसार गर्न गराउन केही समय लाग्छ। प्रोसेस लामो हुन्छ, तर त्यो राम्रो हुन्छ। प्रजातन्त्रको सुन्दर पक्ष भनेको सबैसँग सोध्ने र सबैसँग राय लिने, परि आए भोटि· गर्ने हो। तर सत्तामा पुगेकाहरु त्यो प्रोसेसको उल्लंघन गर्दछन् र विवाद आउने गर्दछ।

६. नेपाली काँग्रेस पहिलेदेखि नै प्रजातन्त्रमा आधारित पार्टीहो। प्रजातन्त्रमा आधारित पार्टीभएकोले यसका पदाधिकारीहरुले प्रजातान्त्रिक विधि विधान अनुसार काम कुरा गर्नुपर्दछ। जसले त्यो विधि विधान मिच्दछ, उसले विवाद निम्त्याउँछ र विवादमा फस्दछ। पार्टीा विगतका घटनाहरुले पनि यो कुरा प्रष्ट रुपले देखाएको छ।

७. काँग्रेसले विगतबाट पाठ सिक्नु पर्दछ। विवादलाई बढाउने होइन, समय मै समाधान गर्नुपर्दछ। यस्तोमा संस्थापन पक्ष उदार हुनु पर्दछ। लचिलो हुनुपर्दछ र अल्पमतको कदर गर्नुपर्दछ। त्यस्तो गर्नु प्रजातान्त्रिक संस्कार हो। संस्थापन पक्षले त्यो संस्कार अपनाउँदै गयो भने असन्तुष्टहरु आफै सेलाएर जान्छन्। विवाद हराउँदै जान्छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width