नेउवा महासङ्घको निर्वाचन

सम्पादक
चैत्र २८, २०७०

१. नेपाल उद्योग वाणिज्य महासङ्घको ४८ औँ महाधिवेशनको कार्यतालिका अनुसार शनिबार सङ्घको नयाँ नेतृत्वको चयन हुने भएको छ। नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार उपाध्यक्ष प्रदीपजंग पाण्डेबीच प्रतिस्पर्धा छ। निर्वाचनमा ती दुवै उम्मेदवारले आ-आफ्नो प्यानल बनाएका छन्।

२. वरिष्ठ उपाध्यक्ष राजकणिर्कारको पक्षमा पशुपति मुरारका वरिष्ठ उपाध्यक्ष, शेखर गोल्छा, डी.बी. बस्नेत र उदयराज पाण्डे उपाध्यक्षका प्रत्यासी भएका छन् भने उपाध्यक्ष पाण्डेका पक्षमा भवानी राणा वरिष्ठ उपाध्यक्षमा र वी.के.श्रेष्ठ, किशोर प्रधान र दिनेश श्रेष्ठले उपाध्यक्ष पदमा नामाड्ढन पत्र गरेका छन्।

३. विगत केही वर्षदेखि महासङ्घको चुनाव बढी प्रतिस्पर्धात्मक भएको छ। चुनावमा पूर्व अध्यक्षहरू पनि विभाजित भएका छन्। पूर्व अध्यक्षहरू मात्र विभाजित भएका होइनन्, कतिपय जिल्ला उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू पनि विभाजित भएका छन्। यसपटक एक पक्षले अकोर्लाई कडा आलोचना पनि गरेको छ।

४. निजी क्षेत्रको उद्योगी र व्यवसायीहरूको छाता स·ठनको रूपमा विकसित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले केही वर्षदेखि आफ्नो सशक्तता बढाएको छ। राजनीतिक पार्टी र त्यसका भातृ स·ठनहरूले गर्ने बन्द हडताल रोक्न यसले ठूलो भूमिका निर्वाह गरेको छ।

५. देश विकासको लागि लगानीमैत्री वातावरण बनाई विदेशी लगानी भित्र्याउन पनि महासङ्घले प्रयास गरिरहेको छ। त्यसकै प्रयासले पनि विदेशी केही कम्पनी र व्यत्तिहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। केही दिन पहिले आयोजित व्यावसायिक सम्मेलन उल्लेखनीय प्रयास हो।

६. महासङ्घले केही समय यता नयाँ-नयाँ अवधारणा ल्याएको छ। उत्पादन बढाउन त्यसको प्रयास जारी छ। कृषि क्षेत्रमा पनि त्यसले आफ्नो भूमिका बढाएको छ। ती सबै काम भए तापनि जिल्लाका उद्योग वाणिज्य सङ्घहरूलाई सशक्त बनाउनेतिर त्यसले अझ पनि पर्याप्त ध्यान नदिएको गुनासो पनि छ।

७. महासङ्घ निजी क्षेत्रको एक सशक्त स·ठन हो। यसबाट धेरैले धेरै आशा अपेक्षा गरेका छन्। यस्तो बेलामा निर्वाचनमा भएको तीव्र प्रतिस्पर्धाले स·ठनमा भोलि समस्या आउला कि भनी आशड्ढा पनि गरिएको छ। निर्वाचनको प्रतिस्पर्धा स्वच्छ हुनुपर्दछ। यो प्रतिस्पर्धाले सङ्घलाई अरु सशक्त पार्नमा सघाऊ पुर्‍याओस्, हाम्रो यही कामना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width