निलोफरको त्रास

सम्पादक
कार्तिक १३, २०७१

१. सामुद्रिक आँधी हुदहुदको त्रास सेलाउन नपाउँदै अको सामुद्रिक आँधी निलोफरको त्रास देशमा फैलिएको छ। अरब सागरबाट सुरु हुने यो निलोफरको असर देशमा कहाँ कस्तो पर्ला त्यस सम्बन्धमा प्रष्ट भएको छैन। तर विशेषज्ञहरूले हुदहुदले जस्तो ठूलो असर यसले पार्ने छैन भन्ने गरेका छन्।

२. सामुद्रिक आँधी हुदहुदले नेपालमा विशेषगरी अन्नपूर्ण हिमाल क्षेत्रमा बढी असर पारेको थियो। त्यसको प्रभावले भएको भीषण हिमपातमा परी नेपालमा ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको मृत्यु भएको थियो। अझै केही हराइरहेका अनुमान गरिएको छ।

३. हुदहुद नेपालमा पूर्र्वी भेकबाट आएको थियो भने निलोफर पश्चिमतिरबाट आउँदैछ। भारतमा त्यसको प्रकोपबाट हुने क्षतिबाट बच्न व्यापक सतर्कता अपनाइएको छ। त्यसले हुदहुदबाट बच्न पनि त्यस्तै गरेको थियो। त्यसबेला त्यहाँको भौतिक क्षति त भयो तर जनधनको जुन क्षतिको अनुमान गरिएको थियो, त्यो हुन पाएन। तैपनि ४५ जनाको मृत्यु भएको थियो।

४. यो आँधी पाकिस्तानको नजिक अरब सागरबाट आउने भएकोले पाकिस्तानले यसको नाम निलोफर राखेको हो। केही वर्षदेखि आँधीको नाम राख्ने गरिएको छ। केही देशहरूबीच यससम्बन्धी सहमति पनि भएको छ। मौसम विज्ञहरूलाई यसले सजिलो बनाएको अनुमान छ।

५.निलोफर प्रभाव देशको कुन कुन ठाउँमा के कस्तो पर्छ, त्यो कुरा बताउन देशका मौसम विशेषज्ञहरूलाई आग्रह गरिएको छ। मौसम विज्ञहरूको भविष्यवाणी अनुसार अरुले प्रचार-प्रसार गरी सतर्कता अपनाउनुपर्दछ। मानिसहरूले हिजो अस्तिको झरी वर्षा पनि निलोफरकै प्रभावको रूपमा लिएका छन्।

६. निलोफरको असर हिजो भारतको गुजरात राज्यमा देखिएको छ। मौसमविद्हरूले यो सामुन्द्रिक आँधीको गति प्रतिघण्टा एक सय ४५ किलोमिटर हुने बताएका छन्। त्यसको असर पश्चिम नेपालको हिमाली जिल्लामा हिउँ पर्ने देखिन्छ। तर त्यसरी परेको हिउँले कहाँ केकति क्षति पुर्‍याउला त्यसको अनुमान गरिएको छैन।

७. निलोफर भारतमा प्रवेश गरिसकेको छ। भारतमा प्रवेश गरेको कुराले धेरथोर नेपालमा प्रभाव पार्दछ। यो सबैले जान्ने बुझ्ने कुरा हो। कहाँ के कति प्रभाव पार्ला त्यो यकिन नभएकोले २/४ दिन सजग र सतर्क हुनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width