नयाँ वर्षको शुभकामना

सम्पादक
वैशाख १, २०७१

१. आज वैशाख १ गते नयाँ वर्ष २०७१ को पहिलो दिन। २०७० हामीबाट बिदा भएर गएको छ भने २०७१ को आगमन भएको छ। नयाँ वर्ष २०७१को शुभ आगमनको उपलक्ष्यमा हामी हाम्रा पाठकहरू, विज्ञापनदाताहरू, शुभचिन्तकहरूलगायत सम्पूर्ण नेपालीको हार्दिक सुख, शान्ति, आरोग्य र चिरायुको म·लमय कामना गर्दछौं।

२. विक्रम सम्वत्को नयाँ वर्षको साथ आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाको पनि नयाँ वर्ष प्रारम्भ हुन्छ। त्यसकारण आजको दिन हाम्रो पनि नयाँ वर्षको पहिलो दिन हो। हामीले १८ वर्ष पूरा गरी १९ वर्षमा पदार्पण गरेका छौं। विगततिर फर्केर हेर्दा आदर्श समाज राष्ट्रिय दैनिक प्रकाशन २०५३ साल वैशाख १ गते भएको हामी पाउँछौं।

३. त्यसबेलादेखि अहिले यो अवस्थासम्म आउँदा हामीले धेरै आरोह-अवरोह पार गरेका छौं। हाम्रा कष्टका दिनमा पाठक एवं शुभेच्छुकले जे-जसरी हामीलाई साथ, सहयोग र सुझाव दिए, त्यो हाम्रो लागि अमूल्य निधि भएर रहेका छन्।त्यसको लागि हामी हाम्रा पाठक, विज्ञापनदाता, लेखक एवं शुभेच्छुकप्रति विनम्रतापूर्ण आभार प्रकट गर्न चाहन्छौं।

४. सबैको साथ र सहयोगले गर्दा २०६२ सालदेखि निरन्तर आदर्श समाज ‘क’ वर्गको पत्रिकाको सूचीमा सूचीकृत हुन सफल भएको छ। यो पत्रिका गण्डकी, धौलागिरि, लुम्बिनी, नारायणी र बागमती गरी पाँच अञ्चलका २१ जिल्लामा वितरण हुँदै आएको हामी अवगत गराउन चाहन्छौं। यसलाई वेवसाइटमा पनि पढ्न सकिने व्यहोरा अनुरोध गर्दछौं।

५. आदर्श समाजलाई विभिन्न संस्थाहरूले सर्भेक्षण गर्ने गरेका छन्। हालै बीबीसी क्लाइमेट एशियाले पनि सर्भेक्षण गरेको थियो।बीबीसी क्लाइमेट एशियाको सर्भेक्षणमा आदर्श समाज मोफसलमा सबैभन्दा धेरै पढिने पत्रिकाको सूचीमा सूचीकृत भएको उल्लेख गर्न पाउँदा हामीलाई गर्वको अनुभव हुन्छ। त्यसले पश्चिमाञ्चलमा यसको पाठक सङ्ख्या १३ प्रतिशत रहेको पनि जनाएको छ। पाठक सङ्ख्याको हिसाबले यो पत्रिका राष्ट्रिय स्तरमा पाँचौं रहेको छ।

६. सर्भेक्षण अनुसार पेशागत हिसाबले आदर्श समाज पढ्ने पाठकमा महिलाको सङ्ख्या धेरै छ भने उमेरको हिसाबले १५ देखि ४५ वर्ष उमेर समूहका पाठक सबैभन्दा बढी रहेका छन्। यसैगरी पेशागत हिसाबले आदर्श समाज पढ्नेमा पेशाकर्मीको सङ्ख्या अरुभन्दा बढी रहेको छ भने त्यसपछि क्रमशः व्यापारी, व्यवसायी, शिक्षक र विद्यार्थी, गृहणी र निवृत्त तथा किसानको सङ्ख्या रहेको छ।

७. तथ्याड्ढ अनुसार आदर्श समाज राष्ट्रिय दैनिक एसएलसीदेखि स्नातकसम्मको अर्थात मध्यमस्तरको शिक्षा प्राप्त गरेकाहरूले बढी पढ्ने गरेको देखिन्छ। यो सर्भेक्षणले हामीलाई भोलि के-कसरी जानुपर्ने हो, त्यतातिर मार्ग निर्देशन पनि गरेको छ। हाम्रा लेक, पाठक, विज्ञापनदाता एवं शुभेच्छुकको सहयोगबाट हामीले यसको स्तरीयता वृद्धि गरी वितरण व्यवस्थालाई अरु व्यापक पार्ने विचार गरेका छौं। हामी यहाँहरूको सधै साथ र सहयोगको अपेक्षा गर्दछौं। अन्तमा फेरि एकपटक हामी यहाँहरूको हार्दिक सुख, शान्ति, समृद्धि एवं आरोग्यको म·लमय कामना गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width