धार्मिक सद्भाव कायम गर

सम्पादक
असाेज ११, २०८०

देशको स्थिति अहिले फेरिँदै गएको जस्तो देखिएको छ । हिजोको जस्तो अहिले छैन । धरानमा गाई काटेर खाएको घटनाले उग्ररुप लिन लागेको जस्तो पनि देखिएको छ । पहाडमा हेरियो भने त्यहाँ पनि साम्प्रदायिक घटना भएका छन् । त्यो घटना एक ठाउँमा मात्र होइन, आगो सल्केभैंm त्यो घटना फैलिँदै गएको स्थिति छ । तर शीर्ष नेताहरू यस विषयमा केही बोलेका छैनन् । उनीहरू देशले प्रगति गरिरहेका र आफ्नो नेतृत्वमा विकास भइरहेको भन्दै छन् । तर वास्तविक स्थिति उनीहरूले भने झैं छैन । सानो काममा पनि मानिस उत्तेजित हुन्छ । धैर्य, सहनशील भन्ने हराउँदै गएका छन्, छिटो उत्तेजित हुन्छन् र आन्दोलन र हत्या हिंसा गर्न अघि सर्छन् । हत्या हिंसाको शृंखला बढ्दै छन् । परिवारका सबै सदस्यलाई एकै पटक हत्या गरेको घटना पनि देखिएका छन् । शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएका छन् ।

शान्ति सुरक्षामा चुनौती थपिएको सम्बन्धमा सरोकारवालाहरूले पनि स्वीकारेका छन् । भर्खरै राष्ट्रभरिका शिक्षकहरूले काठमाडौंमा केन्द्रित आन्दोल गरे । शिक्षक संघले सरकारसँग वार्ता गरेर आफ्नो आन्दोलन फिर्ता गरेको घोषणा गरे । तर त्यो संघले घोषणा गरे पनि केही शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । यसैबीच चिकित्सहरूको आन्दोलनले पनि देशव्यापी रुप लिएको छ । तिनीहरूले देशभरि ओपिडी सेवा ठप्प पारेका छन् । चिकित्सकहरूले आन्दोलन पोखराबाट सुरु भएको हो । त्यस्तै अन्य ठाउँमा पनि यस्ता घटना भइरहेका छन् ।

साम्प्रदायिक घटनालाई अरुभन्दा गम्भीर किसिमले लिने गरिएको छ । मधेशमा हिन्दु र मुसलमानले एकले अर्कामाथि आक्रमण गरिरहेका छन् । कतै घर नै आगो लगाइदिएको कुरा पनि आएको छ । केही सांसदहरूले त्यसमा गृहमन्त्रीको ध्यानसमेत आकर्षित गरेका छन् । तर उपप्रधान तथा गृहमन्त्री बताएका छन् । उनीले मधेशको विषयमा आफू गम्भीर भएको बताएका छन् । उनले मधेशमा जे भइरहेको छ, त्यो बेठिक भएको उल्लेख गर्दै एक दुई दिनभित्रै त्यसको समाधानको बाटो पहिल्याउने बताएका छन् । कतै राजनीतिक पार्टीहरूबाट सर्वदलीय बैठकको आयोजना गरेर समाधान खोजिरहेको छ भने कतै शान्ति र्‍यालीको आयोजना गरिएको छ । एकातिर त्यसरी सकारात्मक प्रयास भइरहेको छ । अर्कोतिर साम्प्रदायिक विद्वेष फैलाउनेहरूको आगमन भएको सुनिएको छ । साम्प्रदायिक भावना फैलाउने नेपालीको प्रवृत्ति होइन, परम्परा होइन । यो भावनालाई निरुत्साहित बनाउनु आजको आवश्यकता हो । यस विषयमा सबै नेपाली एक हुनु पर्दछ र अवान्छित घटनालाई दबाउने प्रयास गर्नुपर्दछ । धार्मिक सद्भाव कायम गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post