धार्मिक क्षेत्रमा पनि हड्ताल

सम्पादक
वैशाख २८, २०७१

१. नेपाल संसारमा सबैभन्दा बढी बन्द, हडताल, चक्काजाम हुने मुलुकको रुपमा परिचित हँुदै गएको छ। यो बन्द हडताल धेरैजसो उद्योग, व्यापार र यातायातको क्षेत्रमा हुने गरेको छ। ती क्षेत्रमा अत्यधिक बन्द, हड्ताल हुने भएकाले त्यसबाट आजित भएर कतिपयले आफ्नो क्षेत्रलाई बन्द हड्ताल निषेधित क्षेत्र घोषणा गरेका छन्।

२. केही समयदेखि बन्द हड्तालका घटना कम हुँदै गएको छ। एकातिर बन्द हड्तालको घटना कम हुँदै गएको छ भने अर्कोतिर कहिल्यै बन्द नहुने क्षेत्रमा बन्द भएको छ। कहिल्यै बन्द नभएको धार्मिक क्षेत्रमा पनि लामो समयदेखि बन्द भएको समाचार आएपछि सबै स्तब्ध भएका छन्।

३. विगत एक महिनादेखि पशुपतिनाथ मन्दिरका भट्टहरूले त्यहाँ विशेष पूजा ठप्प पारेको समाचार सार्वजनिक भएको छ। विशेष पूजा पाँच किसिमका हुन्छन्। त्यो विशेष पूजाको लागि कमसेकम ११ सय रुपैयाँ बुझाउनुपर्दछ। भक्तहरूले त्यस्तो विशेष पूजाको लागि लाख-लाख रुपैयाँ पनि चढाउने गर्दछन्। त्यस्तो पूजा प्रत्येक दिन २० भन्दा बढि हुने गर्दछन्।

४. भट्टहरूले विशेष पूजामा चढाएको रकममा आफूहरुलाई कमिशन मागेपछि त्यहाँ विवाद उत्पन्न भएको हो। पशुपति क्षेत्र विकास समितिले त्यो रकम सबै व्यवस्थापन गर्ने गरेको छ। समितिले त्यहाँको सम्पूर्ण आम्दानी संस्थागत गरी मूल भट्ट र भट्टहरूलाई मासिक तलबको व्यवस्था गरेको छ। मूल भट्टले मासिक तीन लाख पारिश्रमिक पाउँछन्।

५. नेपालको परिप्रेक्ष्यमा मासिक तीन लाख रुपैयाँ तलब पाउनु भनेको साधारण कुरा होइन। धार्मिक क्षेत्रमा बसेर त्यसमा पनि नेपालीको मुख्य देवताको रुपमा मानिएका पशुपतिनाथमा बसेर लोभ गरेर कमिशन लगायतका अन्य खर्चहरूको माग गर्दा त्यसको सन्देश सर्वसाधारणमा के जान्छ, त्यो पनि हेर्नुपर्दछ।

६. एक त धार्मिक क्षेत्रमा विवाद गर्नु नै राम्रो होइन। त्यसमा पनि पैसाको लागि विवाद गर्नु अरु नराम्रो हो भने त्यही पैसा कमिशन पाएन भनी हड्ताल गर्नु झन नराम्रो हो। हामी जे नराम्रो भन्दछौ, पशुपतिनाथ मन्दिरमा त्यही भईरहेको छ र एक महिनादेखि भक्तहरूले चाहेर पनि विशेष पूजा गर्न पाएका छैनन्।

७. राजनीति गर्नेहरू र अरुले पनि अब बन्द हड्तालको औचित्यबारे ब्याख्या गर्न छोडेका छन्। जसको परिणाम केही वर्षदेखि देशमा बन्द हड्तालको घटना घट्दै भएका छन्। त्यस्तो अवस्थामा पशुपतिनाथ मन्दिरमा विशेष पूजासमेत बन्द गरिरहनु कदापि उचित होइन। यसले भट्टहरू र कोषलाई पनि राम्रो गर्दैन। त्यसकारण दुर्इ पक्ष बसेर छिटो यो समस्या समाधान गर्नुपर्दछ र विशेष पूजा पहिलेझै चलाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width