देश र जनताको अपेक्षा

सम्पादक
मंसिर ८, २०७९

गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम धमाधम आउन थालेको छ । निर्वाचन परिमाणले निश्चय नै कसैलाई खुसी बनाएको छ भने कतिपयलाई दुखित बनाएको छ । जित्नेहरुले विजय ¥याली निकाल्दै छन् भने हार्नेहरुले आफ्नो कमिकमजोरी केलाउँदै होलान् र के–के कारणले आफू हारेको हो र के–के कारणले आफ्ना प्रतिद्वन्द्वीले जितेको हो, त्यसको मूल्यांकन गर्दै होलान् । गोप्य मतदानको यो विशेषता हुन्छ कि मत गणना नभएसम्म कसले जित्छ र कसले हार्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ । अधिकांशले जित्छु भनेरै चुनाव लडेका हुन्छन् । कोही कोही उम्मेदवारहरु भने आफ्नो उपस्थिति देखाउनलाई पनि चुनावमा प्रत्यासी भएका हुन्छन् भने कोही आफ्नो पार्टीको नीति र विचारको विरोधमा तथा आफूलाई उम्मेदवारी नदिएकोमा असन्तोष जाहेर गर्न पनि चुनावको मैदानमा उत्रेका हुन्छन् । त्यसरी उम्मेदवार भएकालाई बागी उम्मेदवार भन्ने गरिन्छ ।

राजनीति गर्नेहरुका लागि चुनाव एक यस्तो मैदान हो । जहाँ उत्रेर तिनीहरुले आफ्नो भाग्यको पैmसला गरिदेऊ भनेर मतदातासँग अपिल गर्दछन् । त्यस्तो अपिल गर्ने क्रममा तिनीहरुले आफूले र आफ्ना पार्टीले देश र जनताका लागि गरेको काम कुराको फेहरिस्त जनसमक्ष राख्ने गर्दछन् । आगामी समयमा आफ्नो र आफ्नो पार्टीले तयार गरेका कार्यक्रम र योजनाहरु आकर्षक ढंगले प्रस्तुत गर्ने गर्दछन् । जसलाई घोषणापत्र भन्ने गरिएको छ । मतदाताले ती नै कामकुराहरु छनोट तथा मूल्यांकन गरेर मतदान गर्दछन्, भन्ने आम घोषणापत्र सकेसम्म विस्तृत र आकर्षक किसिमले बनाएर प्रचारप्रसार गर्ने गर्दछन् । घोषणापत्रहरु एक किसिमको किताब जस्तै हँुदै गएका छन् । चुनावमा एक पदका लागि धेरैले मनोनयन गरेका हुन्छन् । मनोनयन गर्ने सबैले जित्ने कुरा हँुदैन । जित्ने एक जनाले हो । अरुहरु सबै हार्छन्, यो शाश्वत कुरा हो । त्यसरी जित्नु हार्नु साधारण कुरा हो । फेरि एक पटक जितेकाले अर्को पटक हार्छन् भने अघिल्लो पटक जितेकाले अहिले हारेको पनि हुन सक्छन् । यी सबै तिनीहरुले गरेका काम कुरामा भर पर्दछन् । मतदाताको रोजाइ र मूल्यांकनमा आधारित हुन्छन् । त्यसैले चुनाव लड्नेहरु मतदाताको नजरबाट टाढा जानु हँुदैन, ओझेलमा पर्नु हँुदैन । तिनीहरुको दुख सुखमा साथ दिनु, तिनीहरुको आवश्यकता परिपूर्ति गर्नु र तिनीहरुको आवाजको कदर गरेर सक्रिय भएर हुनु नितान्त आवश्यक हुन्छ । यो चुनाव जित्नेहरुको हौसला बुलन्द भएको छ, उत्साह र उमंग बढेको छ र के–के काम गर्ने भनेर मनमा अनेक तरंग आएको हुनुपर्दछ । यसको सदुपयोग गरेर तिनीहरुले देश र समाजको लागि समर्पित भएर निस्वार्थ भावले अघि बढेमा त्यो ठूलो कुरा हुनेछ । देश र समाजले तिनीहरुबाट धेरै आशा अपेक्षा गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width