१. नेपाली कांग्रेसका ५,६ जना जिल्ला सभापतिहरुले महासमिति बैठकको भावना विपरीत केन्द्रीय समितिले विधान पारित गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर केन्द्र्रीय समितिको निर्णय तत्काल सच्याउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीको विधान केही दिन पहिले केन्द्रीय समितिको बहुमतले पारित गरेको थियो ।
२. केन्द्रीय समितिको बहुमतले विधानपारित गरे तापनि त्यसमा केही असन्तुष्ट नेताहरुले नोट अफ डिसेण्ट लेखेका थिए । ती जिल्ला सभापतिहरुले केन्द्रीय समितिको निर्णय नसच्याए आफूहरुले महाधिवेशनको माग गर्ने बताएका छन् । जिल्ला सभापतिहरुको त्यो आक्रोश सभापति देउवामाथि ठूलो दबाब भएको छ ।
३. नेताहरुका अनुसार केन्द्रीय समितिको बैठकले विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतःमहाधिवेशन प्रतिनिधि बन्न पाउने प्रावधान राखिएको छ । तर महाधिवेशनको बैठकले ती सबै प्रतिनिधिहरु तल्लो निकायबाटै निर्वाचित भएर आउनु पर्ने निर्णय गरेको थियो । पार्टी भित्र त्यसमा ठूलो मतभेद छ ।
४. त्यसको साथै पार्टीमा आरक्षण कोटाका सम्बन्धमा पनि विवाद छ । जिल्ला सभापतिहरुले आरक्षण कोटामा एक व्यक्तिले एक पटकमात्रै सुविधा लिन पाउनु पर्ने माग गरेका छन् । पार्टी, भित्र उत्पन्न हुने अरु विवादभन्दा यो विवाद केही बेग्लै छ । केन्द्रीय समितिले निर्णय गरिसकेको अवस्था छ ।
५. नेपाली कांग्रेसमा विवाद माथि विवाद थपिँदैछन् । पार्टीभित्र स्थायी गु्रपिजम छ । त्यो फस्टाउँदै छ । नेताहरुले गु्रपिजमलाई अन्त गर्ने भनेर जे जति पटक भने तापनि त्यसको अन्त भएको छैन । समूह खडा गरेर नेता हुने चलन बढ्दैछ । त्यो चलन केन्द्रमा मात्र होइन, जिल्लाहरुमा त्यत्तिकै छ ।
६. पार्टीको महाधिवेशनको चर्चाले पनि नेताहरुले हल्ला गर्नु पर्ने र अरुभन्दा छुट्टै र बेग्लै किसिमले आफूलाई प्रस्तुत गर्नु पर्ने अवस्था छ । चर्चाको शिखरमा आए पछि कार्यकर्ताहरुले पनि चिन्ने र पत्याउने गर्दछन् । एकातिर यस्तो स्थिति छ भने अकोर्तिर कतिपयले सुरक्षाका लागि कुनै समूहको सहारा लिनु पर्ने अवस्था छ ।
७. पार्टी विचित्रको अवस्थामा फँसेको छ । त्यसले ठोस काम कुरा गर्न पनि सकेको छैन । भ्रातृ संगठनहरु नाम मात्रका छन् । नेपाल विद्यार्थी संघको अधिवेशन समेत वषौर्ँदेखि भएको छैन । पार्टीमा परिवारवादको कुरा पनि उठेको छ । युवामा जिम्मेवारी सुम्पनु पर्ने कुरा पनि उठेको छ । धर्म र जातजातिको कुराले पनि प्रश्रय पाएको छ । यी सबै कुराले पार्टीलाई अगाडि होइन, पछाडि धकेल्ने हो कि भन्ने आशंका पनि छन् । यस्तो अवस्थामा नेतृत्व पार्टीले गम्भीर भएर निर्णय लिनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१