दमौलीमा व्यासको मूर्ति

सम्पादक
भाद्र २५, २०७०

१. तनहूँ जिल्लाको सदरमुकाम दमौलीलाई वेदव्यासको जन्मस्थलको रुपमा अंकित गर्न स्थानीयबासीहरुले केही वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन्। गत आइतबार एक भव्य समारोहका बीच वेदव्यासको पुर्णकदको सात फिट अग्लो ढलौटको मूर्ति अनावरण गरिएपछि दमौली फेरि चर्चित भएको छ।

२.     यो मूर्तिको स्थापनाले वेदव्यासको जन्मस्थल दमौलीमा भएको भन्ने सन्देश विश्वसामु पुर्‍याउन सहयोग पुग्ने बताइएको छ। त्यस स्थलको विकासका लागि त्यहाँ व्यास क्षेत्र विकास कोष गठन गरिएको छ। त्यसको अतिरिक्त, व्यास नमुना मूर्ति प्रतिष्ठान समिति र शिव पञ्चायत मन्दिर संरक्षण समिति पनि कार्यरत् छन्।

३.     दमौलीमा व्यास गुफा छ। त्यही गुफामा व्यासले चार वेद र अठार पुराण निर्माण गरेको किंवदन्ती छ। त्यहाँ व्यास गुफाका अतिरिक्त, लव र कुशलगायत सीताले पाइला टेकेको स्थान आदि पनि छन्। त्यहाँ प्राचीन स्मारकहरु धेरै छन्। तर तिनीहरुको उचित किसिमले पहिचान भएको छैन।

४.     त्यस्तो महत्त्वपुर्ण स्थानमा पुरातात्त्विक विभागले ध्यान जानु आवश्यक छ। त्यहाँ उचित किसिमले उत्खनन् गरिएमा एकातिर पुरातात्त्विक एवं धार्मिक सामग्रीहरु फेला पर्ने र अकोर्तिर त्यसले त्यस स्थानको प्राचीनता नाप्न सकिने र महत्त्व बढ्ने प्रष्ट छ। त्यस स्थानमा तीन हजार वर्ष भन्दा पुरानो सामग्रीहरु भेटिन सक्दछ।

५.     अहिले त्यहाँ भौतिक पुर्वाधारहरु निर्माण गर्ने काम भइरहेको छ। भौतिक पुर्वाधार निर्माणका साथै त्यहाँ जाने दर्शनार्थीहरुको संख्या पनि बढ्दै गएको छ। जसले गर्दा स्थानीय सम्बद्ध व्यक्तिहरु उत्साही पनि भएका छन्। त्यही उत्साहको प्रतीक हालै त्यहाँ ढलौटको मूर्ती स्थापना गरिएको हो।

६.     व्यास क्षेत्र विकास कोषका अध्यक्ष वृषराज श्रेष्ठले त्यहाँ एक सय आठ फिटको विश्वकै अग्लो व्यासको मूर्ति निर्माण कार्य अगाडि बढाइसकेको जानकारी पनि दिएका छन्। २७ करोडको लागतमा बन्ने त्यो विश्वकै अग्लो मूर्ति निर्माण पूरा भएमा त्यस स्थलको महत्त्व धार्मिक दृष्टिले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्त्वपुर्ण हुनेछ।

७.     सेती नदी र मादी नदीको दोभानमा अवस्थित त्यस स्थानको त्यसै पनि महत्त्व छ। जंगलतिर अवलोकन गर्दा प्राचीन ढु·ाहरु इनार, पोखरीजस्तो ठाउँहरुले धेरै छन्। कतै गाउँको ढु·ा छन्। तिनीहरुले धेरै कुरा भनिरहेका छन्, तर के भनेका हुन् बुझ्न सकिएको छैन। त्यसकारण तिनीहरुको उत्खनन् गरी पहिचान गर्न निरन्तर आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width