तीजमय वातावरण

सम्पादक
भाद्र २३, २०७०

१. तीज नेपाली महिलाहरूको लोकप्रिय पर्व हो। तीजको लोकप्रियता प्रत्येक वर्ष बढ्दै गएको छ। हिजो स-साना समूहमा गीत गीत गाएर महिलाहरू नाच्दथे भने अहिले सङ्गठित रूपमा गीत र नाचको प्रदर्शन गर्ने चलन छ। हिजो तीज गीतमा महिलाहरू मात्र सहभागी हुन्थे भने अहिले नाच्ने गाउनेमा पुरुषको उपस्थिति अनिवार्यजस्तै भएको छ।

२. तीज एक धार्मिक पर्व हो।तीजसँग महादेव र पार्वतीको आशक्तताको घटना जोडिएको छ। सत्य युगमा पार्वतीको आमा बाबुले पार्वतीको विवाह विष्णुसँग गरिदिने निर्ण गरेको थाहा पाएपछि त्यो विवाहको विरुद्धमा पार्वतीले भोक हडताल -ब्रत) गरेकी थिइन्। उनको त्यही भोक हडतालका कारण पार्वतीले महादेवसँग विवाह गर्न पाएकी थिइन्।

३. आज पनि ब्रत बस्नेहरू त्यही घटनासँग जोड्छन्। विवाहित महिला आफ्नो पतिको सुख, सुस्वास्थ्य र दीघार्युको लागि ब्रत बसेको भन्दछन्। तर अहिले यो पर्व धार्मिकभन्दा सांस्कृतिक र सामाजिकमा परिवर्तन भएको छ। धार्मिक भावना कम, रसर· र मनोरञ्जन बढी हुने गरेको छ।

४. हिजो तीजको बेला माइत जाने र माइतीमा मीठामीठा कुरा खाने चलन थियो। जुन महिला माइत जान पाउँदैनथे, उनले दुःख, वेदना, घरको यातनाको घटना गीतमार्फत व्यक्त गर्दथे। त्यसैले तीजको गीत भनेपछि वेदना र करुणाले भरिएका हुन्थे। तर त्यो गीत, गीतको लय र शैलीमा व्यापक परिवर्तन आएको छ।

५. फेरि गीत गाउने र नाच्ने तीजको दिनमा मात्र नगरी हप्तौं पहिलेदेखि आयोजना गर्ने गरिन्छन्। विभिन्न सङ्घसंस्थाले पनि हप्तौं पहिलेदेखि दर खुवाउने नाममा होटल र पार्टीप्यालेसमा पार्टीखुवाउने गरिएबाट यसमा धेरै विृकति आएको महसुस गरिएकोमा यो मह·ो पनि भएको छ र सर्वसाधारणलाई धान्न पनि गाह्रो परेको छ।

६. आधुनिकताको नाममा विकृति र विस·ति भित्रिएको बताउनेहरू पनि धेरै छन्। नाचगानले मौलिकता गुमाएको र अश्लीलता बढेको गुनासो गर्नेहरू पनि छन्। यसको सकारात्मक पक्ष हराएको तर नकरात्मक पक्ष बढेको र महिलामा खर्चालु प्रवृत्ति बढेकाले यसमा कहीँ न कहीँबाट अड्ढुश लगाउनुपर्दछ भन्नेहरू पनि छन्।

७. वास्तवमा तीजलाई मोजमस्तीको पर्व मात्रै नगरी महिला मुक्तिको पर्वका रूपमा मनाउनुपर्ने देखिन्छ। पार्वतीले जे जसरी आफ्नो हक अधिकार प्राप्त गरिन्, त्यसरी नै आजका महिलाले पनि आफ्नो हक प्राप्त गर्नुपर्दछ। त्यो प्राप्त गर्ने यो दिनले सघाओस्, यही हामीले सोच्नुपर्दछ। अन्तमा हामी सम्पूर्ण नेपाली महिलालाई तीज महोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width