जनआन्दोलन दिवसको महत्त्व

सम्पादक
चैत्र २७, २०७०

१. आज चैत २७ गते। आजको दिनले २०४६ सालको चैत २६ गतेलाई सम्झाउँछ। जुन दिनमा नेपालमा जरा गाडेर रहेको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त भएको थियो र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएको थियो। त्यही बेलादेखि निरङ्कुश राजतन्त्र संवैधानिक राजतन्त्रमा परिणत भएको थियो। त्यसैको खुसीयालीमा जनआन्दोलन दिवस भव्य समारोहको आयोजना गरिएको थियो।

२. त्यो सम्झनु यस कारणले पनि महत्त्वपूर्ण छ कि कहिलै नमिल्ने नेपाली काङ्ग्रेस पार्टी र बाममोर्चा पञ्चायती व्यवस्थाको अन्त गर्न  एक भएका थिए। एकतावद्ध भएका थिए। शक्ति बन्दुकको नालमा हुन्छ भनी हिंसामा विश्वास गर्ने कम्युनिष्टहरू अहिंसात्मक आन्दोलमा सरिक भएका थिए।

३. लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा भएको त्यस आन्दोलन पूर्णत अहिंसात्मक थियो र अहिंसात्मक आन्दोलनले त्यत्ति छिट्टै प्रतिफल दिन्छ भने त्यो एक उदाहरण थियो। आन्दोलनमा लागेका नेताहरूले पनि लामो समय सङ्र्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। फागुन ७ गते सुरु भएको आन्दोलनले चैत २ गते आफनो उद्देश्य पूरा गरेको थियो।

४. आन्दोलनमा छिमेकी भारतको साथ र सहयोग थियो। भारत सरकारले नाकाबन्दी गरी सरकारलाई असहयोग गरेको थियो भने आन्दोलनमा उर्जा भर्ने काम त्यहाँका नेता चन्द्र शेखरलगायतका क्रान्तिकारी नेताहरूले गरेका थिए। आन्दोलन सुरु हुनुपूर्व लौह पुरुष गणेशमान सिंहको घर चाक्सीबारीमा भएको सम्मेलनमा भारतीय नेताहरूले जोशिलो भाषण गरेका थिए।

५. आन्दोलन स्वतः स्फूर्त रूपमा चर्कदै गएको थियो। जिल्ला जिल्लामा आन्दोलनले गति लिएको थियो भने काठमाडौं उपत्यकामा विशेष रूपले भएको थियो। मानिसहरू गोली र जेल, नेलको समेत पर्वाह नगरी सडकमा उत्रेका थिए। आन्दोलनकारीहरूले कर्फर्यु समेत तोडेका थिए।

६. एकजना कुशल नेताको तेतृत्वमा सञ्चालित आन्दोलन के-कसरी सफलता साथ सम्पन्न हुन्छ भन्ने एक उदाहरण त्यो भएको छ भने आफूमा आएको प्रधानमन्त्रीको पद पनि लौह पुरुष सिंहले त्यागेर उदारता देखाउँदा त्यो विश्वको लागि एक अनुपम उदाहरण भएको थियो। त्यसले सर्वमान्य नेता सिंहको उचाई असाधारण रूपले बढाएको थियो।

७. पञ्चायतलाई निर्दलीय र निर्विकल्प पनि भनिएको थियो। तर त्यसको विकल्प देखियो र बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो। त्यस आन्दोलनदेखि नेपालीहरू आफनो गुमेको हक अधिकार प्राप्त गरे। विभिन्न किसिमले स·ठन गर्न पाए र आफनो स·ठनमार्फत राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक उन्नयनका लागि आवाज बुलन्द गर्न पाए। यी सबैका दुष्टिले यो दिवस गर्न हाम्रो लागि महत्त्वको छ र स्मरणीय छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width