छिमेकी भारतको चुनाव सम्पन्न

सम्पादक
वैशाख ३०, २०७१

१. नेपालमा खूब रुचीका साथ हेरिएको छिमेकी देश भारतको चुनाव सोमबार सम्पन्न भएको छ। लोकसभाको पाँच सय ४३ सिटका लागि नौँ चरणमा भएको निर्वाचमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। नेपालसँग सीमा जोडिएको भारतीय भू-भागमा चुनाव हुने दिन सीमामा आवतजावत बन्द गरिएको थियो।

२. नेपालसँग सीमा जोडिएका कतिपय भारतीय जिल्लाको चुनावमा नेपाली नेताहरू पुगेको पनि समाचार छ। खास गरेर उत्तर प्रदेश र विहारमा नेपाली राजतीतिकर्मी देखिएको बताइएको छ। सीमामा बस्ने कतिपय नेपालीहरूको भारतमा नातेदार भएको र ती नातेदारको चुनावको लागि व्यक्तिगत सम्बन्धले गर्दा उनीहरू गएको बताउने गरेका छन्।

३. संसारको सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतको चुनाव धेरैका लागि महत्वपूर्ण छ। नेपालीहरू भारतमा कुन पार्टीले जित्ला भनेर उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। नेपाली जनमत त्यस सम्बन्धमा विभाजित छ।

४. त्यहाँ मुख्यतः भारतीय काङ्ग्रेस र भारतीय जनता पार्टीा बीच टक्कर भएको अनुमान गरिएको छ। भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेदेखि मोदीको प्रचार अत्यधिक रूपले भएको छ। मोदीले भ्रष्टाचार बेरोजगार र महँगाई बढेकाले त्यसको रोकथामको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन। आधुनिक प्रविधिको थ्री डिको प्रयोग गरी मोदीको भाषण धेरै सहरमा एकै पटक पुगेको छ।

५. काङ्ग्रेस आÇनै किसिमको चुनावी अभियान छ। त्यस्तै अहिले नयाँ आम आदमी पार्टीप्रति मानिसहरू आकषिर्त भएका देखिन्छन्। प्रान्तहरूमा प्रान्तीम पार्को बोलवाला उत्तिकै छ। तर मानिसहरू वर्तमानप्रति असन्तुष्ट छन् र परिवर्तनको चाहना राखेकाहरू धेरै भएको अनुमान गरिएको छ।

६. भारतमा विगतमा हेर्दा दुर्इ पदावधि भारतीय जनता पार्टीले जितेर अटलबिहारी वाजपेयी प्रधानमन्त्री भए भने अर्को पदावधि काङ्ग्रेसले जितेर  डा. मनमोहन सिंह प्रधानमन्त्री भएका छन्। यस पटक डा. सिंहले आफू प्रधानमन्त्री नहुने घोषणा गरिसकेका छन्। काङग्रेसले जितेमा राहुल गान्धी प्रधानमन्त्री हुने अनुमान धेरैको छ।

७. अड्कलबाजी चर्को छ। भारतीय सञ्चार माध्यमले पूर्व अनुमान गर्न सुरु गरेका छन्। तिनीहरूले कुन प्रान्तमा कसको कति आउँछ भनेर पनि अनुमान गर्दैछन्। नेपालमा पनि केहीले अनुमान गरेका छन्। कसै-कसैले कसको सरकार बनेमा नेपालकेा हित होला भनेर पनि सोच्दैछन्। तर भारतको परराष्ट्र निति सम्बन्धमा ती पार्टीहरूको खासै मतभेद नभएकोले जुन पार्को सरकार बनेमा पनि नेपाललाई फरक पर्ने देंखिदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width