चरीको विवादास्पद मृत्यु

सम्पादक
श्रावण २५, २०७१

१. प्रहरीको मष्ट वाण्टेड सूचीमा रहेका दिनेश अधिकारी चरीको हालै पुलिससँगको भिडन्तमा मारिए। काठमाडौंका भीमढु·ामा उनी मारिएको समाचारले निश्चय नै समाजमा केही तर· उत्पन्न गर्‍यो। तर त्योभन्दा बढी तर· अहिले उत्पन्न भइरहेछ।

२. चरी एमाले पक्षधर हुन्। त्यसमा पनि उनी एमाले अध्यक्ष केपी ओली पक्षका थिए र एकताका गाउँ स्तरका पार्टी ो उपाध्यक्ष समेत थिए। यो सबैले जानेका कुरा हो र सर्वविदित हो। त्यसै भएर उनको मृत्युपश्चात् एमालेले के कस्तो गतिविधि गर्ला, त्यो धेरैको प्रतीक्षाको कुरा थियो।

३. नेपालमा राजनीति र अपराधको सम्बन्ध गहिरो छ। अपराध गर्नेलाई छुट दिन हुँदैन भनी उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भन्दै आएका छन्। उनले पोखरामा भएको सुरक्षाकर्मीहरूको भेलामा पनि त्यही कुरा दोहोर्‍याए। तर त्यसको लगत्तै प्रहरी भिडन्तमा चरीको मृत्यु भयो।

४. तर कुरा त्यत्तिमै सिद्धिएन। त्यो विषयले संसद्मा प्रवेश पायो। धादिङबाट निर्वाचित एमाले सांसद राजेन्द्र पाण्डेलगायतले चरी भिडन्तमा मारिएको होइन, त्यसको लागि न्यायिक आयोग गठन गरियोस् भनी कुरा उठाए। सभामुखले त्यसमा रुलिङ गरी यथार्थ कुरा राख्न सरकारलाई भने।

५. रुलिङमा उपप्रधान तथा गृहमन्त्री गौतमले उनी भिडन्तमा मारिएको प्रष्ट गरे। उनको त्यो जवाफ सुनेपछि एमाले सांसदहरू दुर्इ पक्षमा विभाजित भएका छन्। त्यसको विरोधमा धादिङ बन्दको आह्वान गरिएको छ। अब त्यो केशले के कस्तो रूप लिने हो, त्यो सबैको जिज्ञासाको विषय भएको छ।

६. सुनिन्छ, चरी आफ्नी प्रेमिकाबाट बढी प्रभावित थिए र विवाह बन्धनमा बाँधिएर साधारण जीवनयापन गर्न चाहन्थे। त्यसको लागि उनी आत्मर्समर्पण गर्ने सोचमा थिए कि त्यो घटना भयो। एमालेका नेताहरूले केही सतर्क भएर त्यस दिशामा काम गरेको भए घटनाले त्यस्तो रूप लिन पाउँदैनथ्यो भनेर पनि भन्ने गरिएको छ।

७. दोहोरो भिडन्त हो होइन, यो विवादको विषय भएको छ। विवाद उत्पन्न भएपछि त्यसलाई सुल्झाउनुपर्दछ। पीडित पक्षको कुरा सुन्नु पनि पर्दछ। फेरि अहिले गृह मन्त्रालय एमालेकै नेताको साथमा रहेकोले गृहमन्त्री बामदेव गौतमको भूमिका सर्वाधिक रहेको छ। यो केशलाई अरु नलम्ब्याई छिटो यथार्थ कुरा जनसमक्ष ल्याएर सुल्झाउन सक्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post