गल्ती दोहोर्‍याउनु हुँदैन

सम्पादक
असाेज १, २०७०

१. चुनाव नजिक आएअनुसार राजनीतिक पार्टीका नेताहरू जनतासमक्ष आउन थालेका छन्। त्यसरी जनतासमक्ष आउन थालेपछि उनीहरूले कहिले हिजो संविधान बनाउन नसकिएको दोष अरु पार्टीकाथि यो पार्ने प्रयास गरेका छन् भने कहिले हिजोको गल्ति सच्याएर अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याउने गरेका छन्।

२. दोष अरुमाथि थोपार्नु त साधारण कुरा भयो। तर के दोष अरुमाथि थोपारेर आफू चोखो रहन सक्छ – उनीहरूको आफू चोखो छौ भन्ने प्रवृत्ति नै जनताका लागि धोखा हो। त्यो धोखा उनीहरूले अहिले पनि खुलमखुल्ला दिने गरेका छन्। जनताको प्रतिनिधि भएर त्यति जिम्मेवारी लिन सक्दैनन् त्यसलाई जनप्रतिनिधि हुने अधिकार पनि हुँदैन।

३. अको छ, गल्ति सच्चाएर अघि बढ्ने कुरा। यो कुरा पनि जनताको आँखामा छारो हाल्ने कुरा हो। गल्ति सच्चाउँछौ भनेरमात्र हुँदैन, के कस्तो गल्ति गरेका थिए त्यसको फेहरिस्त जनसमक्ष राख्नुपर्दछ। गल्ति मात्र भन्नु अमूत कुरा हो। अमूत कुरा गरेर पन्छिन खोज्नु कदापि उचित होइन।

४. संविधान नबनेको विभिन्न कारणहरू छन्। तीमध्ये एउटा महत्वपूर्ण कारण संघीयता हो। संघीयताप्रति संविधान प्रतिबद्ध छ। तर कस्तो संघीयता त्यसमा विवाद छ। भन्न त पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भनेर नेताहरूले भाषण गर्ने गरेका छन्। तर पहिचान कस्तो त्यसमा सबै प्रष्ट हुनुपर्दछ।

५. अबको स्थितिमा पहिचानसहितको संविधान भनेरमात्र पनि हुँदैन। पहिचान कस्तो, जातीय हो कि सांस्कृतिक हो या अरु कुनै – जातीय पहिचान भनेर मात्र पनि हुँदैन। एकल जातीय हो कि बहुजातीय हो त्यसमा पार्टीहरू र पार्टीका नेताहरूले तथा उनीहरूले अब तैयार गर्ने घोष्णापत्रमा त्यो र्छल· हुनुपर्दछ।

६. नेताहरूले त्यति विस्तृत र र्छल· पारेर भन्न सकेका छैनन्। कसैले एकातिर एउटा कुरा भन्छन् भने अकोर्तिर अकै भन्छन्। उनीहरूले परस्परविरोधी कुरा बोलिराखेका हुन्छन्। त्यस्तै कुरा समाचारमा आयो भने उनीहरूलाई अप्ठ्यारो हुन्छ र त्यस्तो बेलामा पत्रकारलाई दोष दिएर आफू उम्कने प्रयास गर्दछन्।

७. छलकपट र जालझेलका खेल धेरै भयो। जनताले कहानेर नेताहरूले आफूलाई ठगे भन्ने कुरा मुखले नभनेपनि थाहा पाएका छन्। त्यो कुरा निर्वाचनमा प्रकट हुनेछ। यो एक गम्भीर विषय भएकोले पार्टीर पार्टीका नेताहरूले छलकपट र जालझेल नगरी प्रष्ट उल्लेख गर्नु नितान्त आवश्यक छ। गल्ती दोहोर्‍याउनु हुँदैन।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width