क्रिमियाले उब्जाएको प्रश्न

सम्पादक
चैत्र ७, २०७०

१. पूर्वी युरोपेली राष्ट्र युक्रेनमा केही हप्तादेखि निरन्तर भएको आन्दोलनले विश्वव्यापी चर्चा पाएको सर्वविदित छ। त्यो आन्दोलन यति शक्तिशाली रह्यो कि त्यहाँको राष्ट्रपति भिक्टर यानुकोभिच पदमुक्त भए। उनी पदमुक्त भएपछि यस्तो स्थिति सिर्जना भयो कि सि·ो युक्रेन टुक्रिन पुग्यो। त्यसको एक भागको रूपमा रहेको रुसी भाषीको बाहुल्यता रहेको क्रिमिया युक्रेनबाट अलग भई रुसमा मिल्न गयो। क्रिमियामा अहिले रुसको झण्डा फहराइरहेको छ।

२. युक्रेनमा भएको आन्दोलन त्यहीँका जनताको स्वार्थको लागि गरिएको भए सायद देश टुक्रिने थिएन। त्यसमा विदेशी शक्ति राष्ट्रको स्वार्थ रहेकोले युक्रेनको त्यस्तो अवस्था भएको हो। त्यसकारण आन्दोलन गर्ने भनेर मात्र हुँदैन, त्यसमा निहित स्वार्थीहरूको के-कस्तो भूमिका छ, त्यसलाई होसियारीपूर्वक नियाल्नुपर्दछ।

३. युक्रेनका जनताले त्यत्ति ख्याल नगर्दा आज त्यो क्षेत्र रुस र युरोपेली देशहरूको युद्धको क्रिडास्थल हुन गइरहेको छ। रुसले क्रिमियाको जनताको नाममा त्यहाँ अरु फौज पठाउँदैछ भने अमेरिका, युरोपलगायतका राष्ट्रहरूले युक्रेन टुक्र्याएर क्रिमिया आफ्नो देशमा गाभेकोमा रुसको निन्दा भर्त्सना गर्दैछन्।

४. युक्रेनको त्यस घटनाले गर्दा फेरि एकपटक विश्व जनमत दुर्इ ध्रुवमा विभाजित भएको छ। अहिलेको त्यहाँको स्थितिले तिब्बत र सिक्किमको घटनाको स्मरण गराएको छ। तिब्बत र सिक्किमको प्रकरणमा विश्व जनमत यस्तै गरि विभाजित भएको थियो। अहिले पनि एक पक्ष क्रिमियालाई रुसमा गाभेकोमा खुसी छन्। सिद्धान्तले मानिसलाई अन्धो बनाउँछ भन्ने कुरा यस्तैबेला प्रष्ट देखिन्छ।

५. रुसले क्रिमियामा रुसी भाषीको बाहुल्यता भएको र तिनीहरूको हक र हितलाई भनी सैनिक पठाउनु सरासर गलत हो र हस्तक्षेप हो। भाषा, धर्म र संस्कृतिको नाममा र आडमा जनमत सङ्ग्रह गराउने र सैनिक पठाउने हो भने आजको कुनै पनि राष्ट्रको राष्ट्रिय सिमाना भालि यस्तै रहनेछैन। सम्पूर्ण प्रायः राष्ट्रहरू खण्डित र विभाजित हुनेछन्।

६. नेपालजस्तो बहुभाषिक, बहु धार्मिक एवं बहुसंस्कृति भएको मुलुकले यसलाई अरु संवेदनशील भएर सोच्नुपर्दछ। बुढी मरी भनेर होइन, काल पल्क्यो भनेर… भन्ने जुन नेपाली उखान छ, त्यो यहाँ चरितार्थ भएको छ। त्यसैलाई दृष्टिगत गरेर हामीले त्यस घटनालई हेर्र्नुपर्दछ र त्यसको निन्दा गर्नुपर्दछ।

७. सानो देशलाई ठूलो देशले टुक्र्याउन थाल्यो भने विश्वको नक्सा कस्तो होला – अन्तरिमकाल लम्बिएको र विदेशी हस्तक्षेप र चलखेल बढिरहेको हाम्रो देशमा हामी बढी सजग र सतर्क हुनुपर्दछ। ठूलो माछालाई सानो मान्छाले खाने ज·ली कानुनलाई हामीले ल्याउन दिनुहुँदैन। हामी अझ बढी संवेदनशील हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width