कुरा होइन काम गरेर देखाऊ

सम्पादक
वैशाख २९, २०७१

१. नेताहरूले संविधान एक वर्षभित्र बन्छ भनी आफ्नो प्रतिबद्धता दोहोर्‍याइरहेका छन्। उनीहरूले एक वर्ष भनेको पनि ६ महिना वितिसकेको छ। यतिञ्जेल पनि संविधानको रूप रेखा कोर्ने काम भएको छैन। संविधानको विवादास्पद कुराहरूबारे यतिञ्जेल छलफल पनि भएको छैन।

२. विगतमा जुन विषयमा विवाद भई संविधान बन्न सकेन, त्यो विषय यथावत छ। अहिलेसम्म संविधानसभामा विभिन्न समिति बनेका छन्। ती  समितिको प्रारम्भिक बैठक बसेका छन्। ती बैठकमा गम्भीर विषय उठेको छैन। गएको संविधानसभाले निर्णय गरेको विषयको स्वामित्व ग्रहण गर्नेसम्म भनेको छ।

३. हाम्रा नेताहरूले समय सीमाको कहिल्यै ख्याल गर्दैनन्। उनीहरूको त्यही प्रवृत्तिले गर्दा पहिले चार वर्ष बिताएर पनि संविधान बन्न नसकेको हो। त्यसबेला पनि पहिले एक वर्षमा संविधान बन्छ भनियो। त्यसपछि दुर्इ वर्ष भनियो र संविधानसभाको पूरै अवधिमा पनि बन्न सकेन।

४. नेताहरूले समय सीमाको ख्याल गर्दैनन् भन्ने कुरा उनीहरूको पार्टीको क्रियाकलाप र गतिविधिले पनि देखाएको छ। पार्टीहरूको ठूलो कुरा महाधिवेशन हो। पार्टीको विधानमा महाधिवेशनको मिति तोकिएको हुन्छ तर तोकिएको समयमा महाधिवेशन सम्पन्न भएको रिर्कर्ड विरलै छ।

५. सत्ताको साझेदार पार्टीएमालेले आफ्नो महाधिवेशन पटक-पटक सार्ने गरेको सबैलाई थाहा छ। त्यसले कहिले के निहुँ राखेर र कहिले के निहुँ राखेर महाधिवेशन सार्ने गरेको छ। आफ्नो महाधिवेशन त समयमा गर्न नसक्ने नेताहरूले संविधान समयमा नै बनाउँछन् भनी कसरी विश्वास गर्ने –

६. त्यस्तै सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेसको अवस्था पनि छ। त्यसको बाह्रौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कार्यसमितिको म्याद असोज ४ गते सकिँदैछ। त्यसले अर्को महाधिवेशनको लागि सदस्यता नवीकरण आदि गरी प्रारम्भिक चरणको जुन काम गर्नुपर्दथ्यो, त्यो गरेको छैन। त्यसले पनि भित्रभित्रै महाधिवेशन सार्ने तैयारी गरिरहेको छ।

७. काम गर्दा समय सीमाको ख्याल राख्नुपर्दछ। महाधिवेशन कहिले हुन्छ भन्ने कुरा पहिले थाहा हुने कुरा हो। तर उनीहरू समय भइञ्जेल चुप लागेर बस्ने र नजिकै आएपछि तैयारी गर्ने समय पुगेन आदि भनेर म्याद बढाउने काम गर्दछन्। उनीहरूको त्यही प्रवृत्ति संविधान बनाउने काममा पनि हुने गरेको छ। त्यसकारण नेता र मन्त्रीहरूले कुरा होइन काम गरेर देखाउनुपर्ने अवस्था आएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width