काङ्ग्रेस र एमालेको सहमति

सम्पादक
माघ २८, २०७०

१. सरकार गठनका सम्बन्धमा नेपाली काँग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि धेरैले सन्तोषको स्वास फेरेका छन्। पार्टीहरूबीच भएको सहमतिले गर्दा काँग्रेसका संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। संविधान सभामा हिजो भएको निर्वाचनमा कोइराला एकमात्र उम्मेदवार थिए।

२. काँग्रेस र एमालेको त्यो सहमतिबाट काँग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका छन् भनेनेता वामदेव गौतम उपप्रधानमन्त्री हुने भएका छन्। सहमतिबाट ती दुबैलाई फाइदा भएको छ। साथै त्यो सहमतिअनुसार एक वर्षभित्र संविधान बन्ने भएकाले यस विषयमा जनताको लागि पनि फाइदा भएको छ।

३. सहमतिअनुसार संविधानसभाका सभाध्यक्ष पद एमालेलाई दिइने भएको छ। त्यो एमालेलाई फाइदा भएको छ भने एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्दछ भनी जे-जसरी भन्दै थियो, त्यसमा परिवर्तन भएको छ। राष्ट्रपति र उप-राष्ट्रपति पदको चुनाव होइन, उनीहरुको पदावधिको संविधानसभाबाट अनुमोदन गरे हुने भएको छ। त्यसलाई काँग्रेसको जितका रुपमा लिने गरिएको छ।

४. त्यो जे भए पनि ती दुर्इ पार्टीो सहमति एक वर्षका लागि भएको छ। एक वर्षमा संविधान बनाएपछि संविधानसभाको म्याद पनि सकिने छ । र, व्यवस्थापिका संसदले माथि उल्लेखित सबै पदको निर्वाचन गरेको छ। ती दुर्इ पार्टीले एक वर्षको लागि सहमति गरेकाले एक वर्षभित्र संविधान बन्ने अपेक्षा गरिएको छ।

५. हामी कहाँ सहमति धेरै हुन्छन् तर सहमतिअनुसार काम हुँदैनन्। यो सहमति त्यस्तो नहोस्, यसमा दुबै पार्टीसजग र सतर्क हुनुपर्दछ। सहमतिले ल्याएको उत्साह र उम·लाई अन्तिमसम्म अर्थात् एक वर्षभरि कायम राखी राख्नुपर्दछ। त्यो सहमति एक वर्ष काम चाव भएमा त्यसपछि मिलेर जान प्रोत्साहन प्राप्त हुन सक्दछ। अन्यथा दुवै पार्टीले अर्का सहयोगी खोज्नु परे त्यो राम्रो हुने छैन।

६. सहमतिको कार्यान्वयन अस्ति आइतबारदेखि भएको छ। सुशील कोइरालालाई प्रधानमन्त्री पदको समर्थन गरेपश्चात्  सहमति कार्यान्वयन प्रारम्भ भएको हो। मन्त्रीहरुको बाँडफाँडमा त्यसमा केही उत्तार चढाव आउने सम्भावना छ। तर ठूलो कुरा मिलेपछि सानो काममा सानो मन बनाउनु उचित हुँदैन।

७. एक वर्षसँगै जाने सहमति भएपछि सहमतिको कार्यान्वयन उदारतापूर्वक गर्नुपर्दछ। दुबै पार्टीा नेताहरुले सहमतिबाट फाइदा उठाउने दृष्टिले मात्र होइन, सहमतिलाई उत्कृष्ट बनाउने किसिमले सोच्नुपर्दछ। एक वर्षभित्र संविधान घोषणा गराउने दृष्टिले सोच्नुपर्दछ। केही वर्षदेखि नजिक हुँदै गएका यी दुर्इ पार्टीीच एक वर्षको सहयात्रा अरु सौहार्द र मैत्रीवत् रहनुपर्दछ ताकि अर्को वर्षको लागि सहयात्रा गर्न अरु सजिलो र सुगम होस्। हाम्रो यही शुभेच्छा छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width