काङ्ग्रेसमा तेस्रो ग्रुपको सम्भावना

सम्पादक
जेठ ५, २०७१

१. नेपाली काङ्ग्रेसभित्र परम्परागत रूपले दुर्इ ग्रुप रहँदै आएकोमा अहिले तेस्रो ग्रुपको उदय हुने सम्भावना बढ्दै आएको छ। काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको मेची महाकाली अभियान सफल भएमा तेस्रो ग्रुप बन्ने निश्चित छ। त्यसरी तेस्रो गु्रप बनेमा काङ्ग्रेसको राजनीति अरु पेचिलो हुने अनुमान गरिएको छ।

२. अहिले काङ्ग्रेसभित्र संस्थापन पक्ष र देउवा पक्ष प्रष्टरूपमा रहेका छन्। संस्थापन पक्षको नेतृत्व सभापति सुशील कोइरालाले गरिरहेका छन् भने देउवा पक्षको नेतृत्व शेरबहादुर देउवाले गरेको छ। जसलाई ६० र ४० को भागवण्डा भन्ने गरिएको छ।

३. नेपाली काङ्ग्रेसको सुरुवातको बेलामा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको बेग्ला-बेग्लै समूह थिए। भट्टराई कालमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको दुर्इ समूह प्रष्ट देखा परेको थियो। ति नै समूह अहिले देउवा पक्ष र कोइराला पक्ष भएका छन्।

४. एकताका काङ्ग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरणको चर्चा भएको बेलामा शैलजा, शेरबहादुर र रामचन्द्रको नाम थियो। त्यसपछि सुशील कोइराला पार्टीसभापति भएपछि त्यो अवधारणा हराएर गयो। तर रामचन्द्र पौडेलले आफू पछि परेको अनुभव गर्दै आएका छन्।

५. सभापति सुशील कोइराला प्रधानमन्त्री भएपछि उपसभापति पौडेलले कार्यबाहक सभापति आफूलाई प्राप्त हुने आशा गरेका थिए। ती दुर्इबीच त्यस विषयमा सहमति भएको कुरा पनि बाहिर आएको थियो। तर त्यो सहमति अनुसार आफूले कार्यबाहक सभापति भएर काम गर्न नपाएकामा पौडेल क्षुब्ध भएका छन्।

६. त्यसैको परिणाम पौडेलले प्रशिक्षणको नाममा मेची-महाकाली अभियान सञ्चालन गरेका छन्। यही क्रममा उनले आगामी पार्टीको महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने विचार पनि व्यक्त गरेका छन्। ती सबै गतिविधिले काङ्ग्रेसभित्र तेस्रो समूहको उदय हुने प्रवल सम्भावना बढाएको छ।

७. रामचन्द्र पौडेलले निश्चय नै आफू पीडित भएको र पछि परेको अनुभव गरेका छन्। तर के पार्टीला अघि बढ्ने माध्यम गु्रपिजम् हो त ? यो प्रश्न धेरैले सोध्ने गरेका छन्। ग्रुपिजम्ले सबै पार्टीविभाजित छन्। पार्टीजस्तो छैन भन्ने भनाइ सबैबाट आएको छ। ग्रुपिजम् चर्कदै गएर पार्टीविभाजनको अवस्थामा पुगेको पनि नदेखिएको होइन। काङ्ग्रेस त्यसको भुक्तभोगी पार्टीहो। ती सबै कुरा काङ्ग्रेसका नेताहरूले सम्झनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width