एमालेको नवौं महाधिवेशन

सम्पादक
असार १९, २०७१

१. सत्ता साझेदार पार्टी नेकपा एमालेको नवौं महाधिवेशन आज काठमाडौंको भृकुटी भण्डप  प्रदर्शनी केन्द्रमा प्रारम्भ हुँदैछ। महाधिवेशन २५ गतेसम्म चल्ने कार्यक्रम छ। महाधिवेशनमा दुर्इ हजार तीन सयभन्दा बढी प्रतिनिधि हुनेछन् र तीमध्ये सबै काठमाडौं पुगिसकेका छन्।

२. एउटा पार्टीको जीवनमा महाधिवेशनको ठूलो महत्त्व हुन्छ। महाधिवेशनमा नेतृत्व फेरिने भएकोले पनि त्यसको ठूलो महत्त्व रहन्छ। एमालेको वर्तमान अध्यक्ष झलनाथ  खनाल उम्मेदवार बन्ने तैयारी नगरेकाले नेतृत्व फेरिने निश्चित प्राय भएको छ। नेतृत्वका लागि वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष के.पी. ओलीले उम्मेदवारीको घोषणा गरेका छन्।

३. उम्मेदवारहरूले आफ्नो उम्मेदवारी नदिएर प्यानल बनाउँदै चुनावको मैदानमा जाने तैयारी गरिरहेका छन्। प्यानलकै तैयारी भएकाले नेता र कार्यकर्ताहरू अधिकांशत विभाजित छन्। को कुन समूहमा छन् भन्ने कुरा प्रष्ट भएको छ। अध्यक्ष झलनाथ खनालले भने आफ्नो संलग्नता कतै देखाएका छैनन्।

४. पार्टी भत्र चर्को धु्रवीकरण भएकोमा कतिपयले नराम्रो मानेका छ्न भने केहीले लोकतान्त्रिक अभ्यासको परिणाम भनी स्वभाविक भन्ने गरेका छन्। चुनाव भनेको निश्चय नै लोकतान्त्रिक अभ्यास हो। पार्टीले हिजो पनि त्यो अभ्यास गरेको थियो भने आज पनि गर्ने तैयारीमा छ।

५. एमाले सिद्धान्तको हिसाबले कम्युनिष्ट पार्टी हो। त्यसले जनताको बहुदलीय जनवादको नीति अख्तियार गर्दादेखि त्यो पार्टीले लोकतान्त्रिक अभ्यास गर्न खोजिरहेको छ। त्यसले कहिलेकाहीँ आफूलाई काङ्ग्रेसभन्दा बढी लोकतान्त्रिक पनि भन्ने गर्दछ। तर आलोचकहरूले त्यसलाई अस्थिर पनि भन्ने गरेका छन्।

६. एमाले नेपाली काङ्ग्रेस र एमाओवादी पार्टीको बीचतिर छ। कम्युनिष्ट विचारभन्दा लोकतान्त्रिक र त्यसको झुकाउ बढी छ। त्यसो त माओवादी आफै पनि चाहेर या नचाहेर लोकतान्त्रिक धारमा आइरहेछ। तैपनि त्यसको बोलीमा उग्र शब्द हराएको छैन। त्यसको त्यही चालले गर्दा नेकपा-माओवादी छुट्टएिर गएको सर्वविदित छ।

७. एमाले व्यवहारवादी पार्टी भएको छ। काङ्ग्रेस र एमाओवादी नमिलेको बेला फाइदा पनि उठाउने गरेको छ। पहिलो संविधानसभामा तेस्रो पार्टी भएर पनि दुर्इपटक सत्ताको नेतृत्व गरेको थियो। काङ्ग्रेसको समर्थनमा माधव नेपाल र एमाओवादीको समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए। अहिलेको चुनावमा त्यो पार्टी दोस्रो भएको छ। र सरकारमा सम्मानजनक सिट लिएर बसेको छ। त्यस्तो महत्त्वपूर्ण पार्टीलाई यो महाधिवेशनले अरु महत्त्वपूर्ण सुदृढ र सवल पार्टी बनाउने अपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width